ट्रमा सेन्टरमा आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन गर्नुपर्ने

एमआरआई मेसिन र रिहाब सेन्टर नहुँदा ट्रमाका बिरामीलाई समस्या

एमआरआई मेसिन र रिहाब सेन्टर नहुँदा ट्रमाका बिरामीलाई समस्या
+
-

काठमाडौँ – राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि आएकामध्ये ८० प्रतिशत बिरामीको अप्रेसन हुने गरेको छ।
ट्रमा सेन्टरका निर्देशक डा.बद्री रिजालले अस्पतालमा दैनिक करिब चार सय ५० देखि पाँच सय जना बिरामी आउने गरेको र त्यसमध्ये ८० प्रतिशतको अप्रेसन गर्नुपर्ने जानकारी दिए।

हाल अस्पतालमा दैनिक २५ देखि ३० जनाको अप्रेसन हुँदै आएको छ। उनले अस्पतालमा बिरामीको चाप हुने गरेकाले दुई सय १८ शय्या सञ्चालनमा रहेको जानकारी दिए। डा.रिजालले सेवा प्रवाहलाई चुुस्त–दुरुस्त बनाउन जनशक्ति अभाव भएको बताए। झण्डै तीन सय जनाको हाराहारीमा स्थायी दरबन्दी र आन्तरिक स्रोत लगायतबाट झन्डै तीन सय गरी ६ सय जना कर्मचारी कार्यरत रहेको बताए। दरबन्दी पर्याप्त नहुँदा एक जना चिकित्सकले तीनदेखि चार जना बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको बताए।

अस्पतालमा एक सय जना चिकित्सक र दुई सय ५० जना नर्स कार्यरत छन्। अस्पतालभित्रै सबैजसो औषधि उपलब्ध हुनेगरी व्यवस्थापन गरिएको जानकारी दिए। आफू वार्डको स्तरोन्नति गर्नेतर्फ लागिरहेको बताए।

अहिले अस्पतालबाट अनलाइनटिकट लिने व्यवस्था मिलाइएको र बिहान आठ बजेदेखि नै अस्पतालको सेवा प्रवाह हुँदै आएको बताए।

डा.रिजालले ट्रमाका लागि अति आवश्यक मानिएको रिहाब सेन्टर सरकारी तवरबाट नहुँदा बिरामी मर्कामा परेको बताए। उनले सरकारी तवरमा रिहाव सेन्टर नहुँदा निजीमा पठाउन बाध्य भएको भन्दै त्यसका लागि लविङ गरिरहेको बताए। उनले स्पाइन इन्जुरी, ढाडमा चोट लागेर खुट्टा, हात नचल्ने भएर आएका बिरामी अप्रेसन गरिसकेपछि पुनःस्थापनाका लागि रिहाब सेन्टरमा जानुपर्ने बताए।

उनले ट्रमा सेन्टरमा इन्जुरी भएका (स्पाइन, स्पोर्टस, घोडाको चोट, ढाडको चोट) हरुका लागि आवश्यक पर्ने एमआरआइ मेसिन नहुँदा समस्या भएको बताउनु भयो। एमआरआई मेसिन नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने र महँगो शुल्क तिरेर सेवा लिनुपर्ने बाध्यता रहेको बताउनु भयो। उनले अस्पतालमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गरिने बताए।

डा.रिजालले ट्रमाका बिरामीलाई ध्यानमा राख्दै फिजियोथेरापी सेवा बिस्तार गर्ने योजना रहेको जानकारी दिए।
उनले बिरामीलाई छिटोछरितो सेवा प्रवाह गर्नेतर्फ अस्पताल तल्लीन रहेको बताए। कुनै पनि बिरामी अस्पतालभित्र उपचार पाएर दुई हप्ताभित्र जसरी पनि फर्किने गरेको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?