प्रसाईं र युवा संघलाई माइतीघरमा प्रदर्शन गर्न नदिने प्रशासनको निर्णय

प्रसाईं र युवा संघलाई माइतीघरमा प्रदर्शन गर्न नदिने प्रशासनको निर्णय
+
-

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ७ गते माइतीघर मण्डलमा नेकपा एमालेनिकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कार्यक्रम गर्न नदिने निर्णय गरेको छ।

सोमबार प्रशासनले दुबै पक्षसँग छलफल गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। दुबै पक्षले शान्ति सुरक्षा कायम राख्नेबारे लिखित रूपमा प्रतिबद्धता जनाएका छन्। दुबै पक्षले मंसिर ७ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने बताउँदै आएको छ।

यसरी दुई पक्षको प्रदर्शन जुध्दा शान्ति सुरक्षामा खतरा हुने प्रशासनले आकलन गरेको छ। ठाउँ जुधेका कारण दुबै पक्षलाई अन्तै कार्यक्रम गर्न प्रशासनले सुझाव दिएको छ।

कुन कुन ठाउँमा कार्यक्रम गर्ने भन्नेबारे पनि निर्णय भइसकेको छैन। प्रशासनले माइतीघरमा निषेधाज्ञा नै लगाउनेबारे पनि छलफल गरेको छ।

मेडिकल व्यवसायी प्रसाईंले पछिल्लो समय राजतन्त्रको वकालत गर्दै आएका छन्। उनी र नेकपा एमालेका नेता महेश बस्नेतबीच आरोपप्रत्यारोप हुँदै आएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?