तनहुँकी सुकु पोखराको होटलमा मृत फेला, ५ जना नियन्त्रणमा

+
-

पोखरा- पोखराको नागढुंगास्थित युनिक होटलमा तनहुँकी एक महिला मृत भेटिएकी छन्। मंगलबार साँझ ७ बजेको समयमा युनिक होटलमा बसेकी तनहुँको भीमाद घर भएकी ३८ वर्षीय सुकु विक मृत फेला परेकी हुन्।

‘होटलको कोठामा साहुनीले अचेत देखिएपछि तत्काल उपचारका लागि चरक मेमोरियल अस्पताल लगिएको थियो। चेकजाँच गर्ने क्रममा चिकित्सकले मृत घोषणा गरे’, जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले भने।

सुकु २ वर्षदेखि नागढुंगाकै शिला रेष्टुरेन्टमा काम गर्दै आइरहेकी थिइन्।

मृतक सुकुको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी विकले बताए। ‘घटनाको अनुसन्धान गर्दैछौं। केही शंकास्पद छ भन्ने बुझिएको छ’, उनले भने।

प्रहरीले होटल सञ्चालकसहित ५ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। होटलमा सीसिटिभी क्यामेरा नभएको कारण अनुुसन्धानमा समस्या भएको छ।

होटलमा सुकुसहित १ जना पुरुष आएको सञ्चालकले बयान दिएको प्रहरी स्रोतले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?