राजतन्त्रबारे जनमतसंग्रह गर्न दुर्गा प्रसाईँको चेतावनी

राजतन्त्रबारे जनमतसंग्रह गर्न दुर्गा प्रसाईँको चेतावनी
+
-

मंसिर ७ गते ‘जनविद्रोह’ तयारी गरेका व्यवसायी दुर्गा प्रसाईँले नेपाली जनता राजतन्त्र चाहन्छन् कि गणतन्त्र भन्नेबारे जनमतसंग्रह गर्न चेतावनी दिएका छन्।

उनले अभियानको पूर्वसन्ध्यामा बुधबार पत्रकार सम्मेलन गर्दै मुख्य दलहरुलाई नेपाली जनता राजतन्त्र चाहन्छन् कि गणतन्त्र भन्नेबारे जनमतसंग्रह गर्न चेतावनी दिएका हुन्।

त्यस्तै, उनले मंगलबार राति जडिबुटीबाट महिलाहरु सुतिरहेको ठाउँबाट लखेटिएको घटनाको भिडियो हेर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यसँग आग्रह पनि गरेका छन्।

उनले पत्रकार सम्मेलनका क्रममा भने- म राधिका शाक्य हजुरआमालाई महिलाहरुमाथि भएको अपमानको भिडियो हेर्न आग्रह गर्छु, उहाँलाई त्यो भिडियो कस्तो लाग्यो?’

मंगलबार राति जडिबुटीमा बास बसेका दुर्गा प्रसाईँका समर्थकहरुलाई युवा संघ भनिएका युवाहरुको समूहले जबर्जस्ती उठाएर लखेटेको घटना सामाजिक सञ्जालमा बुधबार बिहानदेखि भाइरल भइरहेको छ।

उनले आफूले ऋण मिनाहाका लागि आन्दोलन नगरेको दाबी पनि गरे। ‘मेरो ऋणको धितो छ, त्यही लिलाम गरे भइहाल्यो नि,  मैले ऋण मिनाहाका लागि आन्दोलन गरेको होइन,’ उनले भने।

उनले पत्रकार सम्मेलनका क्रममा केही महिलाहरुलाई अगाडि ल्याउँदै उनीहरु सहकारीपीडित भएको र उनीहरुका लागि आफूले आन्दोलन गरेको बताए। ‘यिनीहरु सहकारीपीडित हुन्, यिनीहरुको मुक्तिका लागि मैले आन्दोलन गरेको हुँ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष