बल्खु क्षेत्रमा युवासंघको र्‍याली (फोटो-फिचर)

बल्खु क्षेत्रमा युवासंघको र्‍याली (फोटो-फिचर)
+
-

काठमाडौं- नेकपा एमाले निकट युवासंघले बिहीबार काठमाडौंको बल्खु क्षेत्रमा मोटरसाककल र्‍याली गरेको छ ।

मोटरसाइकलको पछाडि संघको झन्डा फहराउँदै युवासंघमा आवद्ध युवाहरू कालिमाटीबाट बल्खु पुगेका हुन् ।

सो क्षेत्रमा नेपाल प्रहरीको पनि बाक्लो उपस्थिति रहेको छ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको प्रदर्शन  पनि आज बल्खु केन्द्रित नै छ।

वयोधा अस्पताल नजिक भइरहेको प्रसाईंको आन्दोलनमा करिब २५० जना र युवासंघकोमा करिब ७० जना सहभागी छन्।

दुवै समूहकाे प्रदर्शन एकै दिन परेपछि सुरक्षा व्यवस्था कडा पारिएकाे छ। दुवै समूहबीच झडप हुनसक्ने आकलन गर्दै काठमाडौं उपत्यकाकाे सुरक्षा व्यवस्था कडा पारिएकाे हाे।

सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डिआइजी लालमणि आचार्यको नेतृत्वमा एकीकृत कमान्ड सेन्टर स्थापना गरिएको छ। जसमा सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू रहेका छन्।

आजकाे सुरक्षाका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएकाे छ। आवश्यक परे थप जनशक्ति तयारी अवस्थामा रहेका छन्।

काठमाडौंमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना प्रहरी परिचालन गरिएकाे छ। चोक-चोकमा हतियारसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

बल्खु र तीनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गरिएकाे छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष