काठमाडौं- नेकपा एमालेनिकट युवा संघले काठमाडौंस्थित तीनकुनेमा प्रदर्शन गरेकाे छ।
युवा संघले र्याली गर्दै तीनकुनेबाट काेटेश्वरतर्फ गएकाे छ। प्रदर्शनमा युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत लगायतका नेता तथा कार्यकर्ताहरूकाे उपस्थिति छ।
प्रदर्शनकारीले नेपालकाे झन्डासँगै युवा संघकाे झन्डा पनि बाेकेका छन्।
आजै बिहान मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच र युवा संघ समूहबीच ढुङ्गा हानाहान भएको थियाे।
युवा संघका कार्यकर्ता मोटरसाइकल र्याली गर्दै बल्खु पुगेका थिए। साेही क्रममा दुई समूहबीच ढुंगा हानाहान भएकाे हाे।
सरकारले माइतीघर मण्डलादेखि नयाँ बानेश्वर क्षेत्रमा निषेध लगाएपछि युवा संघले तीनकुने र प्रसाईं समूहले बल्खुमा प्रदर्शन गर्ने निर्णय गरेकाे हाे।
हेर्नूहोस् तस्बिरहरू:


भर्खरै
लोकप्रिय






































































































































































































