हिजाजीको निर्णायक गोलमा धनगढीको विजयी सुरुवात

हिजाजीको निर्णायक गोलमा धनगढीको विजयी सुरुवात
+
-

काठमाडौं-नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आफ्नो पहिलो खेलमा धनगढीले नवप्रवेशी विरगञ्ज युनाइटेडलाई २-१ ले पराजित गरेको छ। निर्धारित समयको अन्तिम मिनेट बाँकी रहँदा सनसनिपूर्ण जित हासिल गर्दै धनगढीले लिगमा विजयी सुरुवात गरेको हो। सब्सटिच्युट खेलाडी अहमद हिजाजीले बराबरी उन्मुख खेलमा अन्तिम समयमा निर्णायक गोल गरेका थिए।

अधिकांस समय १-१ को गोलको अवस्थामा रहेको खेलमा हिजाजीले अन्तिम समयमा गोल गर्दै टिमको हार टारेका थिए। धनगढीका लागि फोडे फोफानाले त्यसअघि सुरुवाती अग्रता दिलाएका थिए। विरगन्जका लागि हान्स क्वोफीले गोल गरेका थिए।

खेलको दोस्रो मिनेटमा नै धनगढीले फोफानाको गोल मार्फत खेलमा अग्रता लिएको थियो। ओलावाले अफिजले दिएको क्रसमा गोल गर्दै फोफानाले धनगढीलाई सुरुवाती अग्रता दिलाए। तर पहिलो हाफमानै खेलमा फर्कने क्रममा विरगन्जले पेनाल्टी मार्फत गोल गरेको थियो। कर्नरमा आएको बललाई फलु डियाग्नेले ह्याण्ड गरेपछि विरगन्जले पेनाल्टी पाएको थियो। पेनाल्टीमा हान्स क्वोफीले गोल गर्दै टिमलाई बराबरीमा ल्याए।

दोस्रो हाफमा दुबै टिमले गोलका अवसर बनाएका थिए। दोस्रो हाफमा धनगढीका ओलावाले आफिजले गोलका सुन्दर अवसर गुमाउन पुग्दा खेल बराबरी उन्मुख भएको थियो। त्यसोत विरगन्जकै समाला गुस्टाभोकोका केही राम्रा प्रहार खेर फाले।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?