म्याक्सवेलको विष्फोटक शतकमा अस्ट्रेलियाको सनसनिपूर्ण जित

म्याक्सवेलको विष्फोटक शतकमा अस्ट्रेलियाको सनसनिपूर्ण जित
+
-

ग्लेन म्याक्सवेलले विष्फोटक ब्याटिङ गरेपछि भारत र अस्ट्रेलियाबिच जारी ५ खेलको टी-२० सिरिजको तेस्रो खेलमा अस्ट्रेलियाले सनसनिपूर्ण जित हासिल गरेको छ।

प्लेयर अफ द म्याच बनेका म्याक्सवेलको विष्फोटक शतकमा भारतले दिएको २ सय २३ रनको विशाल लक्ष्य अस्ट्रेलियाले अन्तिम बलमा ५ विकेट गुमाएर पुरा गर्‍यो। सिरिजमा कायम रहन जित्नै पर्ने खेलमा अस्ट्रेलियाको सनसनिपूर्ण जितपछि पाँच खेलको सिरिज २-१ को अवस्थामा पुगेको छ।

अस्ट्रेलियाको जितमा म्याक्सवेलले ४७ बलमानै शतक प्रहार गरेका थिए। उनी टी-२० अन्तर्राष्ट्रियमा अस्ट्रेलियाका लागि सर्वाधिक चाँडो शतक प्रहार गर्ने खेलाडी समेत बने। म्याक्सवेल ४८ बलमा ८ चौका र ८ छक्काको सहयोगमा १०४ रनमा अविजित रहे। उनलाई म्याथ्यु वेडले १६ बलमा २८ रन बनाएर साथ दिए।

अन्तिम ओभरमा २१ रन चाहिएको अवस्थामा क्रिजमा रहेका म्याथ्यु वेडले पहिलो बलमा चौका प्रहार गर्दा दोस्रो बलमा १ रन लिंदै म्याक्सवेललाई स्ट्राइक दिएका थिए। उनले त्यसपछि लगातार ४ बलमा बाउन्ड्री प्रहार गर्दै टिमको जित निश्चित गरे। तेस्रो बलमा छक्का प्रहार गरेका म्याक्सवेलले त्यसपछि लगातार तीन बलमा तीन चौका प्रहार गर्दै टिमलाई जित दिलाए।

अस्ट्रेलियाका लागि थप दोहोरो स्कोरका रुपमा ट्रेभिस हेडले ३५ रन बनाउँदा एरोन हार्दीले १६ तथा जोस इंग्लिसले १० रन बनाए। त्यस्तै मार्कुस स्टोइनिसले १७ रन जोड्दा भारतका लागि रवि विश्वइले २ विकेट लिए भने अर्सदीप सिंह, आभेष खान र अक्षर पटेलले समान १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतका लागि ऋतुराज गाइकवार्डले १ सय २३ रनको सानदार शतकीय अविजित इनिङ खेलेका थिए। उनले ५७ बलमा १३ चौका र ७ छक्काको सहयोगमा टिमको उच्च स्कोरमा सानदार योगदान दिए। त्यस्तै कप्तान सुर्यकुमार यादवले ३९ रन बनाउँदा तिलक वर्माले ३१ रन बनाएका थिए।

यस्ता बने कीर्तिमान

भारतका लागि गाइकवार्ड र तिलक बर्माले गरेको १ सय ४१ रनको साझेदारी टी-२० अन्तर्राष्ट्रियमा चौंथो विकेटका लागि भएको सर्वाधिक ठूलो साझेदारी हो।

दुई टिमले गरी बनाएको ४ सय ३५ रनको स्कोर भारत र अस्ट्रेलियाले टी-२० अन्तर्राष्ट्रीयमा बनाएको सर्वाधिक धेरै रन स्कोर हो।

प्रसिद्व कृष्णनले खाएको ६८ रन कुनै पनि भारतीय बलरले एकै इनिङमा खाएको सर्वाधिक रन स्कोर हो।

४७ बलमानै शतक प्रहार गरेका म्याक्सवेल अस्ट्रेलियाका लागि टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक चाँडो शतक प्रहार गर्ने खेलाडी बने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?