नेपाल सुपर लिग: पोखरा र ललितपुरले अङ्क बाँडे

नेपाल सुपर लिग: पोखरा र ललितपुरले अङ्क बाँडे
+
-

काठमाडौं- नेपाल सुपर (एनएसएल) मा बुधबार पोखरा थन्डर्स र ललितपुर सिटी एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्। जारी प्रतियोगितामा पहिलो पटक गोलरहित बराबरी भएको हो।

दुबै टिमले गोलका राम्रा अवसर निकालेपनि गोल भने गर्न सकेनन्। तुलनात्मक रुपमा पोखराले खेलमा बलमा पकट राख्दै बढी गोलका अवसर सिर्जना गरेको थियो।

ललितपुर भने बुटवल विरुद्धको उत्कृष्ट लयलाई कायम राख्नन असफल भयो। ललितपुरका विदेशी स्ट्राइकर पापा केबे घाइते भएर पहिलो हाफमै मैदान छाडेपछि टोली मानसिक दबाबमा देखिएको थियो।

खेलमा पोखराले पहिलो हाफमा आधा दर्जन मौका बनाएपनि सदुपयोग गर्न सकेन। छैठौं मिनेटमा पोखराका फ्रान्कलिन टाल्लाको लङ पासलाई मोसेस ग्याबाले गरेको उत्कृष्ट प्रहार पोस्टमा लागेर फर्किदा सुरुवाती अग्रताबाट पोखरा चुकेको थियो।

सिमित अवसरमा ललितपुरले पनि गोलका मौका बनाएपनि गोल गर्न भने असफल रह्यो। उसका निखिल कदम, इजीकिएलले गोलका अवसर सदुपयोग गर्न सकेका थिएनन्।

पहिलो हाफको तुलनामा दोस्रो हाफ थप फितलो बन्दा दुबै टिमले गोल गर्न सकेनन्। यसअघि दुबै टिमले आफ्नो पहिलो खेलमा जित दर्ता गरेका थिए। दुवै टोलीको समान दुई खेलमा समान चार अंक रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?