नेपाल सुपर लिग: धनगढी र बुटवल लुम्बिनी भिड्दै

नेपाल सुपर लिग: धनगढी र बुटवल लुम्बिनी भिड्दै
+
-

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल)  अन्तर्गत बिहीबार धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ५:३० मा सुरु हुने खेलमा दुवै टोलि जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिंदै छन्।

दुबै टिमको यो दोस्रो खेल भएकाले साविक उपविजेता धनगढी लगातार दोस्रो जितको लक्ष्यमा रहँदा बुटवल भने पहिलो जितको खोजिमा रहेको छ। पहिलो धनगढीले वीरगञ्ज युनाइटेडलाई २-१ पराजित गरेको थियो भने बुटवल लुम्बिनी भने ललितपुर सिटी एफसीसँग २-० ले पराजित भएको थियो।

आशिष चौधरी मार्की रहेको धनगढीको कप्तानी देवेन्द्र तामाङले गर्नेछन्। त्यस्तै मार्की एरिक विष्टले नै बुटवलको कप्तानी गरिरहेका छन्। दुवै टोलीमा नेपाली घरेलु फुटबल खेलिसकेका विदेशी खेलाडीहरु छन्। जसमा धनगढीमा ए डिभिजन खेलिसकेका आफिज ओलावाले मुख्य हतियार रहेका छन्। त्यस्तै फोडो फोफाना, अहमद हिजाजी र मोहम्मद ताहा रहँदा युरोपियन लिगहरु खेलेका फालो डियाग्ने पनि धनगढीका लागि महत्वपूर्ण बन्न सक्छन्।

त्यस्तै बुटवल लुम्बिनीमा नेपाली घरेलु फुटबल खेल्दै आएका स्टेफन विनोङ, सर्ज सोङ, आन्द्रे थिएरी बिक र अर्नेस्ट तम्पी सहित गोलकिपर मोहमोदोउ लगाय रहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?