आर्मी केपी ओली कप क्रिकेटको फाइनलमा

आर्मी केपी ओली कप क्रिकेटको फाइनलमा
+
-

पोखरा- नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

बिहिबार भएको सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ४ विकेटले हराउँदै आर्मीले फाइनल यात्रा तय गरेको हो।

पोखरा रंगशालास्थित क्रीकेट मैदानमा भएको खेलमा बागमतीले १२८ रनको लक्ष्य दिएको थियो। आर्मीले १५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

आर्मीका लागि भीम सार्कीले उत्कृष्ट इनिङ खेले। उनले ३५ बलमा ३९ रन जोडे।सोमपाल कामीले १५ र राजेश पुलामीमगर १ रनमा अविजित रहे। कुशल मल्लले ८ बलमा २७ रन जोडे।

बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामीछानेले २, प्रतिश जिसीले १, इशान पाण्डे, रित गौतम र सोनु देवकोटाले १र१ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २८ रन बनाएको थियो। बागमतीका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ५० रन बनाए।

उपाधि होडमा आर्मीले उपाधिका लागि मधेस प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीचको विजेतासँग मैदान उत्रनेछ। एपिएफ र मधेस आज दिउँसो १ बजेपछि खेल्नेछ्न्।

फाइनल खेल शुक्रबार हुनेछ। मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगिता गत बिहीबार सुरु भएको हो।

मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमिका २ टोली प्रतिस्पर्धामा उत्रेका थिए।

विजेताले ५ लाख रुपैयाँको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनेछ।

म्यान अफ द सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट बलरले नगद २० हजार रुपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?