
आयोजक भारत र पाहुना टोली अस्ट्रेलियाबिचको पाँच खेलको टी-२० सिरिजको चौंथो खेल शुक्रबार (आज) हुँदै छ। रायपुरको शहीद वीर नारायण सिंह अन्तराष्ट्रिय स्टेडियममा साँझ ७:१५ मा सुरु हुने खेलमा भारत एक खेल अगावै सिरिज जित्न मैदान उत्रिंदा अस्ट्रेलिया भने सिरिजलाई अन्तिम खेल सम्म तन्काउने प्रयास गर्ने छ।
पाँच खेलको सिरिजमा तीन खेल सकिंदा भारत २-१ ले अघि रहेको छ। लगातार दुई जित निकालेको भारत तेस्रो खेलमा पराजित हुँदा अस्ट्रेलियाले आशा कायम राखेको हो।
भारत टी-२० अन्तर्राष्ट्रियमा एक जित निकाल्दै सिरिज सँगै पाकिस्तानपछि सर्वाधिक टी-२० अन्तराष्ट्रिय खेल जित्ने टिम समेत बन्न चाहन्छ।भारतले अहिले सम्म कुल २११ टी-२० अन्तर्राष्ट्रिय खेलमा १३५ खेलमा जित हासिल गरेको छ। भारतले ८२ खेलमा पराजय भोग्दा ३ खेल बराबरी भएको छ।
भारतका कप्तान सुर्यकुमार यादव २ हजार टी-२० रन नजिक छन्। उनी अब २१ रन बनाएमा २ हजार रन बनाउने चौंथो भारतीय खेलाडी समेत बन्ने छन्।
भारत र अस्ट्रेलियाबिच कुल १० टी-२० सिरिज हुँदा पाँच खेलमा भारत र २ खेलमा अस्ट्रेलिया विजयी भएका छन्। अन्य सिरिज भने बराबरी भएका छन्।