
काठमाडौं- ३२ औं अन्तर्राष्ट्रिय अपांगता दिवसकाे अवसरमा आइतबार र्याली निकालिएकाे छ।
भद्रकालीदेखि सुन्धारा, रत्नपार्क, पुरानो बसपार्क हुँदै भृकुीमण्डपसम्म विभिन्न संघसंस्थाले र्याली निकालेका हुन्।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ।
यो वर्षको अपांगता दिवसको राष्ट्रिय नारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ रहेको छ।
हेर्नूहोस् तस्बिरहरू: