रूसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भइसक्योःपरराष्ट्र मन्त्रालय

रूसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भइसक्योःपरराष्ट्र मन्त्रालय
+
-

काठमाडौँ-परराष्ट्र मन्त्रालयले रूसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले ६ नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको जनाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘रूसमा हालै ६ जना नेपाली नागरिकहरूको रूसी सेनामा कार्यरत रहँदा निधन भएको जानकारी यस मन्त्रालयलाई प्राप्त भएको छ,’।

मन्त्रालयका अनुसार गोरखाका सन्दिप थपलिया, बाणगंगा १ कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाको पुतलीबजार ५ का पितम कार्की, मेलुङ्ग ६ दोलखाका राजकुमार रोका र इलाम ५ का गंगाराज मोक्तानको मृत्यु भएको छ।

रूसी सेनामा कार्यरत रहँदा मृत्यु भएकाहरूको शव यथाशीघ्र स्वदेश ल्याउउन सरकारले पहल गरिरहेको पनि विज्ञप्तिमा भनिएको छ।

‘नेपाल सरकारले रूसी सरकारलाई निजहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई राहत उपलब्ध गराउन अनुरोध गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

सरकारले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नगर्न र भर्ना गरेको भए तत्काल नेपाल फर्काउन पनि रूसी सरकारलाई आग्रह गरेको छ। रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा पनि कुटनीतिक पहल भइरहेको मन्त्रालयले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?