
काठमाडौँ- अपर तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समितिले राजधानीमा सोमबार प्रदर्शन गरेको छ।
अपर तामाकोशी जलविद्युत आयोजनाबाट प्रभावित साथै अन्यायपूर्ण तवरमा सञ्चालित परियोजनाहरूबाट देशभर प्रभावितहरूको मानवअधिकार रक्षाका निमित्त भन्दै न्यायसहितको विकास मार्च कार्यक्रम गरिएको हो।
राजधानीको लैनचौरस्थित खानी तथा भूगर्भ विभाग अगाडि प्रदर्शन गरिएको थियो।
देशसञ्चारकी फोटो पत्रकार वर्षा शाहका केही तस्बिरहरु: