कुपन्डोलमा दाउराको तेस्रो आउटलेट

‘दाउरा थकाली’ रेस्टुरेन्टमात्र होइन, फरक ‘एक्सपिरियन्स’ पनि हो’ (भिडियो)

+
-

ललितपुरको कुपण्डोलस्थित पुरानाे नबिल बैंकको अपोजिटमा बन्दै गरेको नयाँ भवनको सातौं तला। भित्र पस्नेबित्तिकै खरैखर देखिन्छ। खरका त्यान्द्राभरि विभिन्न रङका बत्ती बलेका छन्। काल भैरवको एक मूर्ति घुमिरहेको देख्न सकिन्छ। भित्ताहरू माटोले लिपेको छ। दाउराको आकर्षक बार छ। भित्तामा हलो र जुवा झुन्डाइएको छ। टेवल कुर्ची छन्। मन्च छ। र मन्द संगीतको धुन सुन्न सकिन्छ। गाउँको झल्को दिने यो दृष्य हो- दाउरा थकाली अथेन्टिक नेपाली कुजिन एण्ड बारको।

काठमाडौं उपत्यकाको कला संस्कृति र सम्पदाको झल्को दिनेगरी सजाइएको दाउराको मुख्य विशेषता थकाली खाना हो।

बारभित्र काठमाडौं, भक्तपुर र ललितपुर गरी तीन कक्षमा विभाजन गरेर खाने बस्ने व्यवस्था मिलाइएको छ। प्रत्येक जिल्लाका सांस्कृतिक तथा प्राकृतिक सम्पदालाई कलात्मक ढंगले सांकेतिक रूपमा उतारिएको छ।

सहरको भीडमा गाउँको स्वाद र झल्को दिने गरी दाउरा पराल लगायतको प्रयोग गरिएको छ। यहाँ हप्तामा तीन दिन सांगीतिक प्रस्तुति रहने गर्छ।

बोता मःम र दाउरा थकालीको सफलतापछि तेस्रो शाखाका रूपमा ललितपुरमा दाउरा सञ्चालनमा ल्याएको बताउँछन् सञ्चालक निभेन अमात्य। भन्छन्, ‘बोताको सफलतापछि हामीले पेप्सीकोला नयाँबजार र ललितपुरको कुपोण्डलमा आइपुगेका हौं। मौलिक खाना र सांस्कृतिक झल्किने परिवेशमा दाउराको विकास गरिएको हो।’

अर्थ जानकारहरू आर्थिक मन्दीका कारण देशका धेरैजस्तो व्यापार व्यवसाय बन्द हुने अवस्थामा पुगेको बताइरहेका छन्। २०७२ को भुकम्प, कोरोना महामारी र वैदेशिक रोजगारमा दैनिक हजारौं नेपाली युवा बाहिरिन पुगेको तितो यथार्थ छ।

व्यवसायमा लागेकालाई चुनौती छ। तर यो चुनौती मोल्न पछाडि हटेनन् सञ्चालक निभेन। करिब तीन दर्जनभन्दा बढी मानिसलाई रोजगार दिँदै आएका निभेन भन्छन्।

अन्तर्राष्ट्रिय विजेनसमा माष्टर्स गरेका निभेन ‘गरे के हुँदैन’ भन्ने कुरामा विश्वास गर्छन्। नेपालमा प्रशस्त सम्भवाना देखेका निभेन दाउरालाई देशभरि फैलाउने सोचमा छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?