एमालेको संकल्प यात्रा बिहीबार कास्की आइपुग्ने

एमालेको संकल्प यात्रा बिहीबार कास्की आइपुग्ने
+
-

पोखरा- बैतडीको झुलाघाटदेखी पाँचथरको चिवाभन्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रामा निस्किएको नेकपा एमालेको टोली बिहीवार पोखरा आउने भएको छ।

मंसिर १४ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित एमालेले विशेष अभियान सञ्चालन गरेको छ।

आठौं दिन पर्वत हुँदै कास्की आउने नेकपा एमाले, कास्कीले जानकारी दिएको छ। बिहीबार पर्वतको कुश्मामा जनसभा गरेर अभियान टोली कास्की आउनेछ।

कास्की आएको टोलिलाई बिहिबार कास्किको नयाँपुल, अन्नपूर्ण गाँउपालिकाको नागडाँडा, पोखरा महानगरपालिकाको हेम्जा मिलनचोकमा स्वागतसँगै भेटघाट हुने एमाले कास्कीका अध्यक्ष अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए। बिहीबार पोखरामा बास बस्नेछ।

शुक्रबार जिरोकिलोमिटरबाट संकल्पयात्राको टोलीले प्रस्थान गर्नेछ। शुक्रवार अमरसिंह, तालचोक, रूपाको तालबेंसीमा जनभेटघाट हुनेछ। रूपाको पिपलेबजार हुँदै अभियान टोलीलाई कास्कीबाट लमजुङतर्फ बिदाइ गर्ने तालिका छ।

‘पहिलो दिन हेम्जामा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। तालचोकमा पनि उहाँको छोटो सम्बोधन हुनेछ’, अध्यक्ष गुरुङले भने।

मध्यपहाडी लोकमार्गअन्तर्गत कास्किको याम्दिदेखी अर्मलासम्म विवाद देखिन्छ।
मादिको भैंसेदेखी लमजुङको बेसीमा सडकको ट्र्याक खन्नलाई समेत विवाद सकिएको छैन।

राज्यले विकासको नाममा जनतालाई सुकुम्बासी नबनाउने अध्यक्ष गुरुङको दाबी छ। जनतालाई समस्या नपर्नेगरी कमभन्दा कम क्षतिमा काम गर्न सकिने उनको भनाइ छ।

समस्या के छ भनेर जनताको कुरा सुन्ने उनले बताए। जनताको समस्या विधिसम्मत समाधान गर्ने उनले उल्लेख गरे।

स्थायी कमिटी सदस्य थममाया थापाले विकास गरि गर्न सकिन्छ भनेर जनतासँग जवाफ खोज्न अभियान थालेको बताइन्। जनतामा सिर्जना भएका नकरात्मक भ्रम चिर्ने उनको विश्वास छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?