१६ भाषामा ‘हिटम्यान’ प्रदर्शन हुने

१६ भाषामा ‘हिटम्यान’ प्रदर्शन हुने
+
-

पोखरा- नेपाली भाषामा बनेको फिल्म ‘हिटम्यान’ १६ भाषामा प्रदर्शन हुने भएकाेछ । फिल्मका नायक तथा निर्देश विष्णु अधिकारीले १६ भाषामा विश्वभर प्रदर्शनको तयारी भएको जानकारी दिए।

उनका अनुसार फिल्म नेपालीसँगै हिन्दी, तेलुगू, तमिल, कन्नडा, मलायलम, अरबी, चिनियाँ लगायतका भाषामा प्रदर्शन हुनेछ।

नेपालका काठमाडौं पोखरासहित भारत, श्रीलंका, दुवई र फ्रान्समा फिल्म खिचिएको छ।

थ्रिलर जनराको यो फिल्म ओटिटी प्लेटफर्म अमेजनमा प्रदर्शन हुनेछ। ‘अमेजन प्राइममा रिजिल हुने पहिलो नेपाली फिल्म हुनेछ’, उनले भने।

आउँदो फेब्रअरी १५ मा विश्वव्यापी प्रदर्शन हुने फिल्मको पोस्टर र टिजर सार्वजनिक भइसकेको छ।

हिटम्यानमा विष्णु अधिकारीसँगै नायिका आँचल शर्मा र प्रशान्त ताम्राकारको अभिनय छ। नेपाल-भारत संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘हिटम्यान’को टिजरमा भने आँचललाई देखाइएको छैन।

दक्षिण भारतीय सिनेमा रुचाइरहेका नेपाली दर्शकले हिटम्यानलाई हिट बनाउने अधिकारीको विश्वास छ।

‘नेपालमा धेरै एक्सन मुभी बन्दैनन्। नेपाली दर्शकहरू साउथ मुभी रुचाउनुहुन्छ। नेपाली हिरोले साउथको जस्तो मुभी बनायो भनेर रुचाउनुहुन्छ’, अपेक्षाकृत हुँदै उनले सुनाए।

फिल्ममा नेपाल, भारत र पाकिस्तानको सामाजिक सम्बन्धलाई उठान गरिएको छ।

नाइन्टी नाइन सिनेमाज र इस्ट एण्ड वेस्ट इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा दीपक अधिकारी निर्माता र सन्नी लावती सहनिर्माता छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?