
काठमाडौं-अखिल नेपाल फुटबल संघले वार्षिक कार्यक्रम अनुसार शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी फागुन दोस्रो साताबाट सुरु गर्ने भएको छ। यद्यपि प्रतियोगिता कहाँ हुने भन्ने तय हुन बाँकी छ।
एन्फाले १५ फागुनबाट ‘सी’ डिभिजन लिग सञ्चालन हुने जानकारी दिएको हो। एन्फा र एमडीएसी प्रा.लि बिच भएको पूर्व सम्झौता बमोजिम मार्केटिङ र डिजिटल राइट्स भने उक्त कम्पनीले प्राप्त गरेको भएपनि ‘सी’ डिभिजनका खेलहरू एन्फाले उपत्यका बाहिर सञ्चालन गर्ने गृहकार्य गरिरहेको छ।
यदि उपत्यका भन्दा बाहिर प्रतियोगिता सञ्चालन भएमा गेट टिकटको बिक्रीबाट आएको रकमको पचास प्रतिशत एन्फालाई सहयोग स्वरुप एन्फालाई उपलब्ध गराउने सहमति बिहीबार भएको छ। यसरी प्राप्त थप रकमलाई एन्फाले स्थानीय आयोजक र सहभागी क्लबहरूलाई उपत्यका बाहिर खेल खेलमा थप सहयोग स्वरुप क्लबहरूलाई प्रदान गरिने जनाइएको छ।