
काठमाडौं- शान्तिबाटिकाबाट धर्ना दिँदै आइरहेको मिटरव्याज पीडितहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्यहाँबाट हट्न निर्देशन दिएपछि शुक्रबार मिटरब्याजपीडितहरूले प्रदर्शन गरेका छन् ।
प्रहरी वृत्त दरबारमार्गका डिएसपीकाे टाेलीले बिहीबार पीडितहरुलाई ठाँउ खाली गराउन आदेश दिएका कारण उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
आज बिहान उनीहरुले शान्तिबाटिकामा प्रदर्शन गरे । सीडीओ कार्यालयले माइतीघरमा समेत आन्दाेलन गर्न नपाउने गरी निषेधाज्ञा लगाएकाे छ ।
शान्तिपुर्ण प्रर्दशन गर्ने लोकतान्त्रिक परिधीमा निषेधाज्ञा लगाएर सरकारले अधिनायकवादी चरित्र देखाइरहेको उनीहरुको आरोप छ ।
सरकार पटक पटक आफ्नो असक्षमता ढाकछोप गर्न र समस्या समाधान भयो भन्ने हौवा पिट्न लागि परिरहेको समेत उनीहरूको आरोप छ ।
प्रदर्शनकारीले गाउँगाउँमा सिंहदरबार आयो भनिए पनि आफूहरूलाई सधैं हेला र तिरस्कार मात्र मिलेको आरोप लगाएका छन् ।
थप तस्बिरहरू: