यू-१९ एसियाकप: नेपाललाई पहिलो ओभरमै सफलता

यू-१९ एसियाकप: नेपाललाई पहिलो ओभरमै सफलता
+
-

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानलाई दिएको १ सय ५३ रनको विजयी लक्ष्य रक्षा गर्नका लागि मैदान उत्रिएको नेपालले पहिलो विकेट हात पारेको छ। पहिलो ओभरमानै गुल्सन झाले ओपनर श्यामल हुसेनलाई शुन्य रनमा पेभिलियन पठाएका हुन।

३ बल खेलेका उनी शून्य रनमा आउट भए। उनलाई गुल्सनले कट एण्ड बोल्ड गरेका थिए। पाकिस्तान सँग टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा अलआउट हुँदै १ सय ५२ रन बनाएको थियो। नेपालका लागि केवल तीन खेलाडीले मात्र दोहोरो स्कोरमा रन बनाएका थिए।

दुबई स्थित आइसिसी एकेडेमी ओभल-२ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ रन बनाउँदा ५ खेलाडी गुमाएपनि त्यसपछि उतम थापा मगर र दिपेश कँडेलले छैटौं विकेटका लागि ६८ रनको साझेदारी गर्दै नेपालको इनिङलाई केही समालेका थिए। कँडेल ५९ बलमा ३१ रन बनाएर आउट हुँदा मगरले भने अर्धशतकीय इनिङ खेले। उनले ७६ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएका थिए। थप दोहोरो स्कोरका रुपमा ओपनर अर्जुन कुमालको २१ रन रह्यो।

पाकिस्तानका लागि मोहम्मद जेसनले ५ विकेट लिंदा अमिर हसनले २ तथा उबाइड साहले १ तथा अली अस्फान्दले १ विकेट लिएका थिए।त्यसअघि नेपालका आशा गरिएका सुरुवाती क्रमले भने निरासाजनक प्रदर्शन गरेका थिए। तिलक भण्डारी, आकाश त्रिपाठी, कप्तान देव खनाल, गुल्सन झा लगायतका खेलाडीले भने दोहोरो रनको स्कोर बनाउन सकेनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?