कोपा अमेरिका ड्र: अर्जेन्टिना र ब्राजिल फरक समूहमा

कोपा अमेरिका ड्र: अर्जेन्टिना र ब्राजिल फरक समूहमा
+
-

दक्षिण अमेरिकाको सर्वाधिक ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका २०२४ को ड्र सार्वजानिक भएको छ। सार्वजनीक ड्र अनुसार सर्वाधिक विश्व विजेता ब्राजिल र तीन पटकको विश्व च्याम्पियन अर्जेन्टिना फरक समूहमा रहेका छन्।

संयुक्त राज्य अमेरिकामा हुने प्रतियोगितामा यसपटक दक्षिण अमेरिकाका १० टिम र उत्तर अमेरिकाका ६ टिम गरी कुल १६ टिमबीच प्रतिस्पर्धा हुँदै छ। प्रतियोगिता अमेरिकाको १४ शहरमा आगामी वर्षको २० जुन देखी १४ जुलाइ सम्म आयोजना हुने छ। प्रतियोगितामा सहभागि टोलीलाई चार समूहमा विभाजन गरेर सहभागि गराइँदै छ।

सार्वजानिक ड्र अनुसार  समूह ‘ए’ मा अर्जेन्टिना, पेरु, चिली रहँदा प्लेअफबाट क्यानडा वा ट्रिनिडाड एण्ड टोबागो मध्ये अर्को एक टिम यो समूहमा रहने छ।

त्यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन्। समूह ‘सी’ मा अमेरिका, उरुग्वे, पानामा र बोलिभिया रहँदा समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पाराग्वे रहेका छन्। यो समूहमा कोस्टा रिका वा होन्डुरस मध्ये एक टिम रहने छन्। सार्वजानिक ड्र अनुसार दक्षिण अमेरिकी फुटबलका दुई शक्ति राष्ट्र अर्जेन्टिना र ब्राजिलको भेट फाइनलमा मात्र हुने सम्भावना रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?