
काठमाडौं- नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको केन्द्रीय तदर्थ समितिले एनसिएलको विरोधमा प्रदर्शन गरेको छ।
समितिमा आवद्ध विद्यार्थीहरूले आज बिहीबार बागबजारस्थित पद्यकन्या बहुमुखी क्याम्पस परिसरबाट एनसियल प्रकरणमा भएको अनियमितताको विरोधमा प्रदर्शन सुरु गरेका हुन् ।
र्याली पुरानो बसपार्क, भद्रकाली, शहीद गेट, सुन्धारा हुँदै शान्तिबाटिकासम्म पुगेको थियो । र्यालीमा सहभागीले कांग्रेस सरकारमा हुँदा पनि किन अनियमिता भन्दै प्रश्न समेत गरेका छन् ।
एनसियलको विरोधमा यतिबेला सत्ता एवम् प्रतिपक्षिय दुवै दलका भातृ संगठनहरूले विरोध गरिरहेका छन् ।
यसअघि प्रतिपक्षिय दल नेकपा एमाले निकट अनेरास्ववियु पनि एनसेलको शेयर खरिद-बिक्रीमा चलखेल भएको भन्दै प्रदर्शन गरेकाे थियो ।
८० प्रतिशत शेयर मलेसियाको आजियाटा कम्पनीले नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई बिक्री गरेको भन्दै एनसेलकाे चाैतर्फी विराेध भइरहेकाे छ।
एनसेलको शेयर खरिद बिक्री अपत्यारिलो मूल्यमा भएपछि राज्यका निकायहरूमा तरंग पैदा भएको छ। अर्बौं पुँजीगत लाभकर छल्न र ६ वर्षपछि एनसेनलको स्वामित्व सरकारीकरण हुन रोक्नका लागि अपत्यारिलो खरिद बिक्री भएको दाबी जानकारहरूले गरिरहेका छन्।
तस्बिरहरू: