गोलरक्षक नायक बन्दा धनगढी शीर्ष स्थानमा

गोलरक्षक नायक बन्दा धनगढी शीर्ष स्थानमा
+
-

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) मा धनगढी फुटबल क्लबले आफ्नो अपराजित यात्रालाई कायम राख्दै शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा चितवन एफसीलाई १-० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।

धनगढीले खेलको दोस्रो मिनेटमै ओलावाले आफिजको गोलमार्फत लिएको अग्रतालाई कायम राख्दा महत्वपूर्ण तीन अङ्क हासिल गर्न सफल भयो। आफिजले दाँया भागबाट दोस्रो बारको टप कर्नर चेप्दै गरेको लामो प्रहार गोलमा परिणत भएको थियो।  यद्यपि धनगढीको जितमा गोलरक्षक टिकेन्द्र थापा नायक सावित भए। उनले पेनाल्टी सहित केही सुन्दर गोलका अवसर जोगाउँदै धनगढीलाई अङ्क गुमाउनबाट जोगाएका थिए।

पहिलो हाफको इन्जुरी समयमा चितवनले बराबरी गर्न सुन्दर अवसर गुमायो। रिचार्ड आगेमांगले पेनाल्टी क्षेत्रभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई विमल घर्ती मगरले गरेको प्रहार गोलरक्षक टिकेन्द्र थापाले बचाउँदै सम्भावित बराबरीबाट टिमलाई जोगाए।

जितसँगै धनगढी ५ खेलबाट ३ जित र २ बराबरीका साथमा ११ अङ्क बनाएर शीर्ष स्थानमा उक्लिन सफल भयो। चितवन भने ६ खेलमा १ जित, २ बराबरी र ३ हारका साथ ५ अंक जोड्दै सातौं स्थानमा रहेको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?