मोरङ – एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले सही मार्गबाट जनताको मन जित्ने बताएका छन्। शुक्रबार जन्मथलो तेह्रथुमको सदरमुकाम म्याङलुङमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा एमाले अध्यक्ष ओलीले लोकतन्त्रमा धर्यताका आवश्यक्ता रहने हुँदा जनताको मन जित्ने गरी एमालेले काम गरिरहेको बताए।
लोकतन्त्रमा कतै समस्या देखिएको त्यसको समाधान लोकतान्त्रिक विधि प्रक्रियाबाट खोजिनुपर्नेमा अध्यक्ष ओलीले जोड दिएका छन्। उनले भने, ‘समस्याको समाधान विधि प्रक्रियाबाट हुनुपर्छ। संघर्ष र बलिदानबाट आएको पार्टी एमालेलाई कसैले अवरोध गरेको भरमा बिचलनमा पर्ने छैन।’
समस्याको समाधान सडक अवरोध गर्दै कालो झण्डा प्रदर्शन गरेर नहुने बताएका अध्यक्ष ओलीले भने, ‘सल्लाको रूख ढालेर, कालो झण्डा देखाएर कुनै पनि समस्याको समाधान हँुदैन। जंगलमा भएको सल्लाको रूख समस्या हो र भन्या? समाधान नै गर्ने हुँदा शान्तिपूर्वक छलफल गर्नुपर् यो।’

भर्खरै
लोकप्रिय






































































































































































































