माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरु)

माइतीघरलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्न माग गर्दै प्रदर्शन (तस्बिरहरु)
+
-

काठमाडौँ – माइतीघरलगायतको क्षेत्रलाई निषेधित क्षेत्र घोषित गर्ने निर्णय खारेज गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ।

‘बृहत् नागरिक आन्दोलन’को अगुवाइमा शुक्रबार शान्तिबाटिकामा प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरुले माइतीघरलगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेर सरकारले नागरिकको आवाज दबाउन खोजेको बताएका छन्।

प्रदर्शनकारीहरु भद्रकालीबाट अगाडि बढ्न खोज्दा प्रहरीले रोकेको छ। निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले २८ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोबिन्द छन्त्याल, अभिषेक भुल, निर्ग नविन, नविन तिवारी, हरिशंकर दुवे, वसन्त रंजितकार, शक्ति वंसकार, शिशिर उप्रेती, सञ्जीव उप्रेती, अभय श्रेष्ठ, बोध कुमारी गिरी, प्रकाश रैदास, सम्सु निसा, फातमा खातुन, शारदा कुर्मी, तैयव मनसुर, निलम पोखरेल, सरिता श्रेष्ठ, गीता नेपाल पान्डे र चन्द्रकला ओली आचार्य रहेका छन्।

यस्तै, गुन्ज गुरुङ, मनिषा साह, निर्मला देवी साह, विनोद प्रसाद साह, प्रेम साह, प्रणेता, सीता माझी र मुना केसी पनि पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंसिर ४ गतेदेखि लागू हुने गरी ३० दिनका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष