
काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकले विभिन्न १६ बुँदे निर्णय गरेको छ। अध्यक्ष पंकज विक्रम नेम्बाङले हेटौंडा महाधिवेशनमा विश्वासको मत प्राप्त गरेपछि बसेको बोर्ड बैठकले उक्त समयमा अध्यक्षलाई सहयोग गरेका संकटाका अध्यक्ष इन्द्रमान तुलाधरलाई सिइओको जिम्मेवारी दिएको हो।
त्यस्तै संघका एक कर्मचारि बसन्त रिजाललाई अनुशासनको कार्वाहि गर्दै बर्खास्ती गर्ने निर्णय समेत गरेको छ। रिजालले महिला विश्वकपका दौरान केही एन्फा पधाधिकारीले परिवारै अस्ट्रेलिया लानका लागि प्रकृया पुरा गर्न रिजाललाई जम्मेवारी दिएका थिए। तर रिजालले उनीहरुको प्रकृया पुरा नगरेको भन्दै बर्खास्तीको धम्की दिएका थिए। अन्तत रिजाललाई अनुशासनको कार्वाही भएको हो।
सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले सिईओमा पूर्व महासचिव तुलाधरलाई प्रस्ताव गर्दा धेरै केन्द्रीय सदस्यहरु भने असन्तुष्ट देखिएकाथिए। केन्द्रिय सदस्यहरुले सिइओका लागि सुचना प्रकाशित गरेर खुल्ला प्रतिस्पर्धाबाट आह्वान भइसकेकाले सोही अनुसार हुनु पर्ने बताएका थिए।
यसअघि कात्तिक २३ गते हेटौंडामा भएको विशेष साधारणसभामा तुलाधारले आफू पक्षका १५ जनालाई अध्यक्षको पक्षमा भोट हाल्न लगाएर आफू भने तटस्थ बसेका थिए।
एन्फाले गरेका विभिन्न १६ निर्णयहरु यस्ता छन्