
पोखरा- पिएम कप महिला राष्ट्रिय टी-२० क्रिकेटमा सहभागी हुने गण्डकीको टोलीलाई बिदाइ गरिएको छ। मंगलबार बिदाइ गरिएको हो।
नेपाल क्रिकेट संघको आयोजनामा पुस ५ गतेदेखि काठमाडौंमा हुने पिएम कपमा गण्डकीको टोली कुसुम गोदारको कप्तानीमा मैदानमा उत्रनेछ।
टोलीमा अञ्जली विश्वकर्मा, सिमाना केसी, सिर्जना पौडेल, सृष्टि जैशी, सुमन खतिवडा, ज्योत्सिन्का मरासिनी, निरु जिटी, आकृती तिवारी, शिला रेग्मी क्षेत्री, श्रेया शर्मा, धनकुमारी चौधरी, रचना चौधरी र अर्मिन अधिकारी रहेका छन्।
प्रशिक्षकमा गोविन्द प्रधान, टिम म्यानेजरमा बिन्दु केसी र टेक्निकल एनालिष्टमा सोनयविक्रम तिवारी रहेका छन्।
मंगलबार काठमाडौं प्रस्थान गर्ने टोलीलाई गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशिला सिंखडाले बिदाइ गरिन्।
उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्न उनको आग्रह छ।