
काठमाडौं- सत्तारूढ दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मेलम्ची खानेपानीमा भएको ढिलासुस्तीको विरोधमा खबरदारी गरेको छ ।
लामो समयको पर्खाइपछि वितरणमा आएको मेलम्ची खानेपानी वितरण पुन:बन्द भएपछि उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
वितरणमा ढिलासुस्ती मात्र नभएर चरम लाप्रवाही भएको आन्दोलनमा सहभागी विद्यार्थीहरूको आरोप रहेको छ।
राजधानीको मध्य बानेश्वरमा भएको उक्त प्रदर्शनमा सहभागीले खानेपानी मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने लगायतका नारा लगाएका छन्।
तस्बिरहरू: