भूकम्प प्रभावित जिल्लामा दादुरा र टाइफाइडविरुद्धको खोप दिइने

भूकम्प प्रभावित जिल्लामा दादुरा र टाइफाइडविरुद्धको खोप दिइने
+
-

काठमाडौँ – सरकारले भूकम्प प्रभावित क्षेत्रमा दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट भूकम्प प्रभावित जिल्लामा बिहीबारदेखि दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न थालिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए।

उनका अनुसार दादुराविरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइडविरुद्धको खोप ती दुई जिल्ला जाजरकोट र पश्चिम रुकुमसहित सुर्खेत, सल्यान, दैलेख, कालीकोट र जुम्लामा सञ्चालन गरिने छ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुवेलाविरुद्धको खोप ६ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई र टाइफाइडविरुद्धको खोप १६ वर्षदेखि ४५ वर्षसम्मका सबैलाई लगाइने छ।

उनले जाजरकोटमा दुई वर्षअघि दादुरा देखिएकाले पुनः नदेखियोस् भनेर खोप लगाउन थालिएको बताए। ‘भूकम्पपछि महामारी हुनसक्ने सम्भावना रहन्छ, तीमध्ये सबैभन्दा बढी दादुरा–रुवेला र टाइफाइड हुनसक्ने सम्भावना रहन्छ,’ उनले भने, ‘ती ठाउँका बालबालिकामा पोषण पनि कम भएको होला, दूषित पानी पनि खाएका होलान्, त्यसैले हामीले दादुरा–रुवेला र टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्दैछौँ।’

६ महिनादेखि १५ वर्षसम्मका एक लाख ५० हजार र १६ वर्षदेखि ४५ वर्षसम्मको सङ्ख्या ६ लाख ५० हजार रहेको छ। खोप अभियान यही पुस १४ गतेसम्म सञ्चालन हुनेछ। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?