मोरङको बूढीगंगा गाउँपालिकामा आरआर अन्तर्राष्ट्रिय अस्पताल निर्माण गरिने

मोरङको बूढीगंगा गाउँपालिकामा आरआर अन्तर्राष्ट्रिय अस्पताल निर्माण गरिने
+
-

मोरङ – मोरङको बूढीगंगा गाउँपालिकामा मुटुरोग उपचारलाई प्राथमिकतामा राखेर आरआर अन्तर्राष्ट्रिय अस्पताल निर्माण गरिने भएको छ।
उद्योगी व्यवसायी राजेन्द्र राउतले गाउँपालिका–१ स्थित शिवम् अर्गनाइजेसन परिसरको १६ कठ्ठा क्षेत्रफलमा अस्पताल निर्माण हुने जानकारी दिए। अस्पतालको बुधबार शिलान्यास गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राउतका अनुसार अस्पताल सुरुमा २ सय शय्या क्षमताको हुनेछ। तीन वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चानलको लक्ष्य राखेको बताएका अध्यक्ष राउतले अस्पताल निर्माण कार्यमा करिब २ अर्ब ५० करोड रुपैयाँ खर्च हुने जानकारी दिए। अस्पतालमा अध्यक्ष राउतसँगै छोरा प्रतीक र प्रत्युष राउत सदस्य छन्।

गार्मेन्ट निर्यात उद्योगबाट औद्योगिक क्षेत्रमा अघि बढेका राउत पछिल्लो समय सिमेन्ट, पेट्रोलियम, जुत्ता–चप्पल, टे«डिङ कारोबारमा रहेका छन्।

उनले भने, ‘नाफामूलक क्षेत्रपछि अब हामी सेवामूलक स्वास्थ्य क्षेत्रमा अघि बढ्न लागेका हाँै। स्वास्थ्य क्षेत्रमा सेवा र अवसर दुवै छ। हामी अत्याधुनिक सेवासहित बिरामीको सेवामूलक उपचारका लागि तयार हँुदै छौँ। हामी मुटुरोगको उपचारलाई प्राथमिकतामा राख्दै बिरामीलाई बिदेसिने बाध्यतालाई अन्त्य गर्न चाहन्छौँ।’

अध्यक्ष राउतले अस्पतालसँगै आगामी दिनमा पारामेडिकल, मेडिकल, नर्सिङ कलेजसमेत सञ्चालनमा आउने जानकारी दिए। गाउँपालिकाभित्रै विराट शिक्षण अस्पताल र दक्षिणतर्फ विराटनगरमा नोबेल शिक्षण अस्पताल रहेको सन्दर्भमा अध्यक्ष राउतले भने, ‘स्वास्थ्य क्षेत्रमा सेवा र अवसर दुवै छ। हाम्रो स्पर्धा आफैँमा हो। हामी मुटुरोग उपचारलाई प्राथमिकतामा राख्नेछौ। यससँगै क्याथ ल्याब, न्यूरो सर्जरी, मिर्गाैला रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी, र नशाको विशिष्टीकृत उपचार सेवा रहनेछ।’

चुनढुंगा खानी सञ्चालनबाट सिमेन्ट उद्योगमा स्थापित

अध्यक्ष राउतले काठमाडौंमा पाँचतारे होटल केही महिनाभित्र सञ्चालनमा आउने जानकारी दिए। उनले निकट भविष्यमा विराटनगरमा हाउजिङ कम्पनी, पाँचतारे होटल पनि सञ्चालनमा ल्याउने बताए।

उनी नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्बर अफ कमर्शका कार्यसमिति सदस्यसमेत छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?