
काठमाडौं- आईसीसी एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन्। पछिल्लो पटक सार्वजानिक भएको वरियतामा उनले भारतका युवा ब्याटर शुभमन गिललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएका हुन। बाबरले ८ सय २४ अङ्क प्राप्त गर्दा गिलको ८ सय १० अङ्क रहेकोछ।
गत महिना बाबर आजमलाई नै पछि पार्दै गिल एकदिवसीय ब्याटरको वरियतामा शीर्ष स्थानमा उक्लिएका थिए। पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा भारतका विराट कोहली तेस्रो र रोहित शर्मा चौथो स्थानमा रहेका छन्।
त्यस्तै अस्ट्रेलियाका डेभिड वार्नर पाँचौँ, न्युजिल्यान्डका ड्यारल मिचेल छैटौँ, आयरल्यान्डका ह्यारी टेक्टर सातौँ, दक्षिण अफ्रिकाका रासी भान डर डुसान आठौँ, इङ्ल्यान्डका डेविड मलान नवौँ र दक्षिण अफ्रिकाका हेनरिच क्लासन दशौँ स्थानमा छन्।
त्यस्तै एकदिवसीय बलिङ वरीयतामा दक्षिण अफ्रिकाका केशव महाराज पहिलो स्थानमा रहँदा अस्ट्रेलियाका जोस हेजलउड दोस्रो, भारतका मोहम्मद सिराज तेस्रो, अस्ट्रेलियाका एडम जाम्पा चौथो, भारतका जसप्रित बुमराह पाँचौँ स्थानमा रहेका छन्। त्यस्तै अफगानिस्तानका रासिद खान छैटौँ, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट सातौँ, भारतका कुलदीप यादब आठौँ, पाकिस्तानका साहिन शाह अफरिदी नवौँ र अफगानिस्तानका मोहम्मद नाबी दशौँ स्थानमा रहेका छन्। एकदिवसीय वरियतामा अलराउन्डर तर्फ शीर्ष स्थानमा बंगलादेशका सकिब अल हसन शीर्ष स्थानमा कायम छन्।