एक महिनाभित्र शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालनमा आउने

एक महिनाभित्र शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालनमा आउने
+
-

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एक महिनाभित्र शैलजा आचार्य हृदयरोग केन्द्र सञ्चालनमा ल्याउने बताएका छन्। बुधबार विराटनगर–१० स्थित संक्रामक रोग तथा सघन उपचार केन्द्रको अध्ययन र स्थलगत निरीक्षणका लागि काठमाडौंबाट टोली आएसँगै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार हालको केन्द्रलाई एक महिनाभित्र हृदयरोग केन्द्रको रुपमा सञ्चालन गर्ने गरी तयारीमा जुटेको बताए।

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीले भने, ‘संक्रामक रोग तथा सघन उपचार केन्द्रलाई अबको एक महिनाभित्र शैलजा आचार्य हृदय रोग केन्द्रको रुपमा सञ्चालन गर्छौं। त्यसका लागि काठमाडौंबाट हृदय रोग विशेषज्ञ प्राडा. भगवान कोइरालालगायत विशेषज्ञ टोली बोलाएर सञ्चालनको तयारीमा जुटेका छाैँ।’

काठमाडौंबाट आएको टोलीले केन्द्रको क्षमता, सेवा, मोडल लगायतको विषयमा अध्ययन सुरु गरेको मुख्यमन्त्री कार्कीले जानकारी दिए।

मुख्यमन्त्री कार्कीले भने, उहाँहरुको टोलीले केन्द्र सञ्चालन हुने स्थान, भवनको स्थलगत निरीक्षण गर्नुभएको छ। अध्ययन सुरु भएको छ। प्रदेश सरकारले अघि सारेको योजनालाई पूर्णता दिन सबैको साथ सहयोग रहने विश्वास लिएको छु।’


सोही क्रममा मुटुरोग विशेषज्ञ प्राध्यापक डाक्टर कोइरालाले संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रहेको जग्गा, भौतिक संरचना, उपकरण, जनस्वास्थ्य प्रयोगशालाले हृदय रोग केन्द्रसंगै अन्य धेरै सेवा सञ्चालन गर्न सकिने अवस्था रहेको जानकारी दिए। उनले सो केन्द्रबाट दिन सकिने स्वास्थ्य सेवाको विषयमा अध्ययन थालेको बताए। सो भवनलाई सुरुमा प्रदेश सरकारले कोभिड अस्पतालको रुपमा सञ्चालन गरेको हुदाँ हाल भवनसहित त्यहाँ रहेको उपकरण, जनशक्ती, ऐन, नियम, निर्देशिकालगायतबारे अध्ययन सुरु गरेको उनले बताए।

हाल सो केन्द्रमा नेगेटिभ प्रेसरसहितको २४ वटा आईसीयू, २० वटा आईसीयू, ४७ वटा एचडीयू र ८१ वटा सामान्य शैय्या, इसिजी, एक्स–रे सेवा, १ सय ५० अक्सिजन सिलिण्डरको दुई वटा अक्सिजन प्लाण्ट, फोहोर व्यवस्थापन रहेको छ। हाल सो भवनबाट ओपिडी सेवा जारी रहेको केन्द्रका प्रमुख अनुपम राजवंशीले जानकारी दिए।

त्यसैगरी, सोही केन्द्र नजिक प्रदेशको जनस्वास्थ्य प्रयोगशालासमेत छ। टोलीमा डाक्टर कोइरालासहित न्याम्सका उपकुलपति भूपेन्द्र बस्नेत, रेक्टर डाक्टर लोचन कार्की, नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डाक्टर अनिलविक्रम कार्की, काउन्सिलका सह–कोषाध्यक्ष डा. विक्रान्त ढकाललगायत छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?