
काठमाडाैँ- उपाय बिजनेस सोलुसन्सले नबिल बैंकका ग्राहकलाई व्यावसायिक सेवाबारे सहजीकरण गर्ने भएकाे छ। बैंक र सोलुसन्सबीच बैंकका ग्राहकको आवश्यकताअनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवा प्रदान गरेर सहयोग गर्ने सम्झौता भएको बैंकले जानकारि दिएको छ।
बैंकका प्रमुख अमित श्रेष्ठ र उपाय बिजनेश सोलुशन्सकी प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
यस साझेदारी अन्तर्गत, बैंकका ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न तथा व्यवसायका लागी वित्तीय व्यवस्थापन, कानूनी र कर व्यवस्थापन गर्नका लागि उपाय विजनेश सोलुशन्सको सेवा लिनेछन्।
उपायले व्यावसायिक सेवाबारे सजिलो र पारदर्शी समाधान प्रदान गर्नुका साथै बैंकका ग्राहकलाई आवश्यकताबमोजिम क्षेत्रगत विशेषज्ञको सेवा उपलब्ध गराउने बैंकले जनाएको छ।