नोबेल शिक्षण अस्पतालमा शल्यक्रियाबिनै टालियो मुटुको प्वाल

नोबेल शिक्षण अस्पतालमा शल्यक्रियाबिनै टालियो मुटुको प्वाल
+
-

मोरङ – विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक युवकको मुटुमा रहेको प्वालको उपचार बिना शल्यक्रिया गरेको छ। अस्पतालका मुटुरोग विशेषज्ञ प्रा.डा राजेश नेपालका अनुसार मोरङको लेटाङ नगरपालिकाका २३ वर्षीय अमिस मगरको मुटुमा रहेको प्वालको उपचारबिना शल्यक्रिया गरिएको हो।

जन्मजात मुटुमा प्वाल रहेका ती युवकको एएसडी क्लोजर प्रविधिबाट उपचार गरिएको डा. नेपालले जानकारी दिए। डा. नेपालका अनुसार उनी करिब डेढ वर्षअघि घरमा एक्कासी शौचालय जाने क्रममा लडेपछि समस्या देखिएको थियो।

उनले भने, ‘डेढ वर्षअघि शौचालय जाने क्रममा लड्दा बिरामीको आफन्तले सामान्य रुपमा लिएका रहेछन्। तर, ६ महिनाअघि बिरामी फेरि त्यसैगरी बेहोसीमा एकाएक लडेका रहेछन्। अस्पतालमा उपचार गराउनका लागि आउने दिनभन्दा केहीदिन अघि पुनः बिरामी लडेपछि परिवार र आफन्तजन शशंकित भएछन्। अनि उपचारमा लागेका रहेछन्।’

पछिल्लो समय बिनाशल्यक्रिया मुटुमा रहेको प्वाल टाल्ने बिरामीको संख्या बढ्दै गएको डा. नेपालको भनाइ छ। उनका अनुसार धेरै मानिसहरुले जन्मजात मुटुमा प्वाल रहेको जानकारी पाउँदैनन्। यसको लक्षणपछि मात्र थाहा हुने बताएका डा. नेपालले नशाबाट छाताजस्तो डिभाइस पसाएर प्वाल परेको स्थान टालिने जानकारी दिए। मुटुको प्वाल टालेको एक दिनपछि बिरामीलाई घर पठाउन सकिने डा. नेपालको भनाइ छ।

बिरामीकी आमाका अनुसार सुरुमा लेटाङमै स्वास्थ्य परीक्षण गराउँदा मुटुमा प्वाल रहेको खुलेको थियो। स्थानीय स्वास्थ्यकर्मीले मुटुमा प्वाल रहेको जनाएसँगै परिवारले विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गराएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?