गोलरक्षक श्रेष्ठले गरे अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा

गोलरक्षक श्रेष्ठले गरे अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा
+
-

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका गोलरक्षक विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिमको सदस्य रहेरपनि सीमित अवसरमा मात्र मैदानमा खेल्न पाएका श्रेष्ठले औपचारिक रुपमा अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास घोषणा गरेका हुन्।

श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को जारी प्रतियोगिताको अन्तिम खेलसँगै अन्तर्राष्ट्रिय करिअरलाई विश्राम दिने घोषणा गरेका हुन्। एफसी चितवनका कप्तान समेत रहेका श्रेष्ठले प्रतियोगितामा चितवनको अन्तिम खेलपछि सन्न्यासको घोषणा गरेका हुन्।

उनले सन्न्यास घोषणा गर्दै भने ‘साफ च्याम्पियनसिपकै बेलमा सन्न्यास घोषणा गर्ने बिचार गरेको थिएँ। तर सबैले केही समय कुर्न भनेपछि रोकिएको थिए।’ उनले थपे ‘यो नै मेरो लागि अहिले सर्वाधिक सही समय हो जस्तो लागेर यो निर्णय लिएको हो।’ उनले राष्ट्रिय टिममा नयाँ पुस्ताका गोलरक्षकहरूपनि राम्रो भएर आएको भन्दै भने ‘किरण दाइ (किरणकुमार लिम्बु) हुनुहुन्छ, दीप कार्की जस्ता नयाँ गोलरक्षक तयार  भएका छन्। नयाँलाई मौका दिनुपर्छ भन्ने सोचेर अब अन्तर्राष्ट्रिय करिअरबाट विश्राम लिने निर्णय गरेको छु।’

करिब एक दशकदेखि राष्ट्रिय टोलीमा पर्दै आएको भए पनि विशालले एक मात्र अन्तर्राष्ट्रिय खेलमा मौका पाए। उनले गत वर्ष भारतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्ने अवसर पाएका थिए। राष्ट्रिय टिममा किरण लिम्बुले एकछत्र गोलरक्षकको भूमिकामा आफूलाई प्रमाणित गर्दा अब्बल रहँदा रहँदै पनि विशाल श्रेष्ठ र बिकेश कुथुले अवसर पाएका थिएनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?