
काठमाडाैँ- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ। पोखराको अमरसिंहचौरस्थित खुला सभालाई सम्बोधन गरिरहेको बखतमा स्टेजमै खोया प्रहार भएको हो।
मकैको खोया प्रहार गर्ने लमजुङ घर बताउने २८ वर्षीय सन्तोष रानाभाटलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनबहादुर थापाले बताए।
रानाभाटसँग सोधपुछ भइरहेको उनले जानकारी दिए । ‘सोधपुछ गर्दा एक्सिडेन्टल्ली भएको हो इनटेनसन्ली होइन भन्छ’, उनले भने, ‘घटना भने शंकास्पद छ ।’ साथमा परिचय खुल्ने कुनै कागजत नरहेको एसपी थापाले जानकारी दिए।
रविलाई मकैको खोया प्रहार भएपछि प्रहार गर्ने रानाभाट सूर्यदर्शन सहकारीका बचतकर्ता हुन सक्ने धेरैको अनुमान थियो । तर, आफू सहकारीको बचतकर्ता नभएको सोधपुछमा जानकारी दिएको एसपी थापाले बताए।