किसुनजीको १०० औँ जन्मजयन्ती

अध्यात्मले राजनीति डोर्‍याएका ती दुर्लभ नेता

अध्यात्मले राजनीति डोर्‍याएका ती दुर्लभ नेता
+
-

काठमाडौँ- पूर्व प्रधानमन्त्री, कांग्रेसका संस्थापक एवं सन्तनेता कृष्णप्रसाद भट्टराई ‘किसुनजी’को शत वार्षिकी जन्म पुण्यतिथिका सन्दर्भमा शनिबार कांग्रेस र यसका सरोकारवाला संस्थाले विविध कार्यक्रम गरे। कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा किसुनजीको स्मरण गर्‍यो।

सन्त नेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले ललितपुरको गोदावरीस्थित भट्टराई आश्रममा ‘किसुनजी र अध्यात्म’ विशेष कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहकार्य गरेको काठमाडौं विश्वविद्यालय योग विभागका विद्यार्थीहरुले विभिन्न योगासन प्रस्तुत गरेका थिए।

कार्यक्रममा ्काग्रेस नेता मिनेन्द्र रिजाल, रामहरि खतिवडा, विश्वविद्यालयका उपकुलपति भोला थापा, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनल लगायतले किसुनजीलाई स्मरण गरेका थिए।

उपकुलपति भोला थापा

पत्रकार विजयकुमार पाण्डलेले ‘किसुनजी र अध्यात्म’ सन्दर्भका विचार व्यक्त गरेका थिए। नेता मिनेन्द्र रिजालले किसुनजीसँग अनुपातको ज्ञान भएको र सोही ज्ञानले संविधान बनाउनदेखि चुनाव गराउन सकेको भन्दै स्मरण गरे। राजनीतिमा उनले बिना आशक्त त्याग गरेको नेता रिजालको बुझाइ छ।

मिनेन्द्र रिजाल।

उनले भने, ‘उहाँको वरिपरि बस्ने मान्छेहरु सबै निराश थिए उहाँलाई लाग्दैनथ्यो, लोभ छैन उहाँलाई लाग्दैनथ्यो, उहाँले हिँड्दाखेरि मसँग वरिपरि हिँड्नेहरुले कतिसम्म लोभ गर्दासम्म बाँकी मेरो प्रकाशले त्यो अँध्यारोहरु, त्यो बिगारहरु देखिदैन भन्ने उहाँलाई थाहा थियो। उहाँलाई आज हामीले कसरी सम्झिन्छौँ भन्ने चिन्ताले उहाँ जीवनमा बस्नु भएन, उहाँले आफूलाई कसरी देख्नुहुन्थ्यो त्यो मापकमा आफूलाई हेर्नुभयो।’

कार्यक्रममा कांग्रेस नेता नेताहरु रामहरि खतिवडाले राजनीतिमा किसुनजीको योगदान र त्यागबारे अहिलेका नेताहरुले बोल्न पनि लाज हुने बताएका थिए। गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले किसुजीको सादगी जीवन नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको उल्लेख गरे। किसुनजीको विचार बुझाउन नसक्दा समाजमा वितृस्णा बढेको उनको भनाइ छ। किसुनजीले सानाभन्दा ठूला भ्रष्टाचारका मुद्दा नियन्त्रणमा ध्यान दिने गरेको महर्जनले बताए।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजन।

काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापाले पनि किसुनजीलाई सादगी नेताको रुपमा स्मरण गरेका थिए। भट्टराईको जन्म विसं १९८१ पुस ८ गते भएको हो। भट्टराई मुलुकमा राजनीतिज्ञ, नेपालको पहिलो संसदका पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुर्नस्थापनापछिका पहिलो प्रधानमन्त्री हुन्। वि सं २००३ सालमा नेपाली कांग्रेस गठन गर्दादेखि नै नेपालको राजनीतिमा भट्टराई संलग्न थिए।

उनले २००७ सालको क्रान्तिमा जनकपुर तथा उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा समेत काम गरेका थिए। भट्टराई वि.सं.२०१५ सालमा संसदको तल्लो सदन प्रतिनिधि सभाका सभामुख बनेका थिए। उनी २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम मन्त्रिपरिषदमा पहिलोपटक प्रधानमन्त्री बनेका थिए। नेपालको संविधान २०४७ को निर्माण गरी लागू गराउने र बहुदलीय प्रतिस्पर्धाको आधारमा संसदीय निर्वाचन गराउने महत्वपूर्ण दायित्व उनले सफलतापूर्वक बहन गरेका थिए।

तर आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा भट्टराई भने काठमाडौं क्षेत्र नम्बर एक बाट पराजित बन्न पुगेका थिए। पछि विसं २०५६ को आम निर्वाचनमा विजयी भएपछि फेरि अर्को एकपटक प्रधानमन्त्री बनेका थिए। उनको मृत्यु २०६७ फागुन २० गते भएको थियो। कांग्रेस र राष्ट्रिय राजनीतिमा भट्टराईको अभाव अहिले पनि उत्तिकै खड्किने गरेको नेताहरु बताउँछन्। नेता रामहरि खतिवडाले दक्षिण एसियामा महात्मा गान्धी र नेपालमा बीपी कोइरालापछिको सादगी नेता कृष्णप्रसाद भट्टराई भएको उल्लेख गरे।

नेता रामहरि खतिवडा।

‘उहाँ स्वच्छ नेता हुनुहुन्थ्यो, पार्टीलाई परिवार सम्झनुहुन्थ्यो, अहिलेका नेताहरु परिवारलाई पार्टी सम्झिन्छन्, उहाँ आफ्नो स्वार्थमा कहिल्यै काम गर्नुहुदैनथ्यो, राष्ट्रको सम्पत्ति कसैले चलाउन खोज्यो भने गोमन सापले ठुँगेझैँ ठुँग्नु भन्ने उहाँको अर्थनीति थियो’, नेता खतिवडा थप्छन्, ‘उहाँको नेतृत्वमा कांग्रेस २०४८ सालमा चुनावमा जाँदा १ सय १२ स्थानमा जितेर कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुभयो। बहुमत सहितको सरकार गठन भयो।

खतिवडाका अनुसार २०५६ सालको चुनावमा भावी प्रधानमन्त्री किसुनजी हो भनेर उनको नेतृत्वमा चुनावमा होमिँदा फेरि कांग्रेसले बहुमत ल्याएको थियो। ‘दुई पटक उहाँको नेतृत्वमा कांग्रेस चुनावमा जाँदा बहुमत ल्याएको थियो, उहाँ दुई पटक प्रधानमन्त्री हुँदा एउटा सुराही, एउटा कन्तुर र एउटा छाता लिएर बालुवाटारबाट निस्किनुभयो, अरु मन्त्री मात्रै भए भने पजेरो र घर खोज्छन्। किसुनजी र अरुमा यो प्रवृत्ति फरक छ। नेपालको मात्रै होइन, संसारकै राजनीतिमा निष्कलंक, इमान्दार र स्वच्छ राजनीतिज्ञको अहिले अभाव छ। आफूलाई केही नभएर मुलुकलाई दिन पर्दो रहेछ भन्ने नेता किसुनजी, गणेशमान सिंह जस्ता हुन्। गणेशमान सिंहले प्रधानमन्त्री खानुभएन, किसुनजीले केही खाँदै खानुभएन।’

पत्रकार विजयकुमार पाण्डे।

नेपाली राजनीतिले फेरि भट्टराई जस्ता नेता पाउन सक्छ वा सक्दैन वा पायो भने त्यस्तो नेतालाई काँध हाल्ने कति होलान् भनेर राजनीतिज्ञहरुले प्रश्न पनि गरेका छन्।

बाडेगाउँस्थित भट्टराईको आश्रममा आयोजित कार्यक्रमका तस्बिरहरु।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?