ललितपुरलाई हराउँदै काठमाडौं प्लेअफमा, झापा बाहिरियो

ललितपुरलाई हराउँदै काठमाडौं प्लेअफमा, झापा बाहिरियो
+
-

काठमाडौं- नेपाल सुपरल लिग (एनएसएल) मा प्लेअफ समिकरण पुरा भएको छ। शनिबार भएको दिनको दोस्रो खेलमा ललितपुरलाई १-० ले पराजित गर्दै काठमाडौं तेस्रो स्थानमा रहँदै सुपर चारमा प्रवेश गर्न सफल भयो। पराजयका बाबजुत ललितपुर चौंथो स्थानमा रहेर प्लेअफमा पुग्न सफल भयो।

अब प्रतियोगितामा फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा शीर्ष स्थानको पोखरा र दोस्रो स्थानको धनगढी भिड्ने छन्। विजेता टिमले फाइनलमा स्थान बनाउँदा पराजित टिमले काठमाडौं र ललितपुरबिचको इलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो अवसर पाउने छ।

शनिबार दशरथ रङ्गशालामा प्लेअफमा स्थान बनाउन जित्नै पर्ने खेलमा काठमाडौंका लागि आन्द्रेस नियाले निर्णायक गोल गरे। ललितपुरसँगको जितसँगै काठमाडौं आठ खेलमा १२ अंक जोड्दै अंकतालिकाको तेस्रो स्थानमा उक्लियो। अब काठमाडौंले इलिमिनेटरमा चौंथो स्थानको ललितपुरसँगनै क्वालिफायर-२ का लागि प्रतिस्पर्धा गर्ने छ।

काठमाडौंको जितसँगै १० अङ्क बनाएको झापा भने समान १० अङ्क भएको ललितपुरसँग हेड टु हेडमा पछि रहँदै प्रतियोगिताबाट बाहिरियो। आजको खेलसँगै एनएसएलको लिगचरण समाप्त भएको छ। लिगचरणको अन्तिम खेलमा काठमाडौं अन्तिम २० मिनेट १० खेलाडीमा समेटिएको थियो। खेलको ७५औं मिनेटमा काठमाडौंका कदममाथि ‘हेड बट’ गर्न पुग्दा रेफ्री प्रज्वल क्षेत्रीले अमितलाई सोझै रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाएका थिए।

खेलअवधिभर काठमाडौंमाथि एकपछि अर्को अवसर सिर्जना गरेपनि ललितपुर गोल गर्न चुक्यो। यदि ललितपुरले काठमाडौंलाई हराएको भए शीर्ष दुईमा पुग्दै क्वालिफयारमा स्थान बनाउने सम्भावना रहेको थियो। पराजित भएसँगै ललितपुर इलिमिनेटरमा धकेलिन पुग्यो।

जारी प्रतियोगितामा पोखरा १५ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहँदा १३ अङक बनाएको धनगढी दोस्रो तथा १२ अङ्क बनाएको काठमाडौं तेस्रो स्थानमा रहँदा १० अङ्क बनाएको ललितपुर चौंथो स्थानमा रहेर ‘प्लेअफमा’ क्वालिफाइ भए। जापा पाँचौं स्थानमा रहेर बाहिरिंदा बुटवल छैटौं, चितवन सातौं बिरगन्ज आठौं र स्पोर्टिङ इलाम ८ अङ्कका साथ नवौं स्थानमा रहेर प्रतियोगिता अन्त गरे। प्लेअफमा क्वालिफाइ भएको ललितपुर र पुछारमा रहेको इलामबिचक केवल २ अङ्कको मात्र ग्याप रहँदा अङ्क तालिका अन्तिम सम्म रोमाञ्चक बनेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?