प्रदीप ज्ञवालीलाई प्रश्नः एमाले नयाँ दलसँग अत्तालिएको हो?

प्रदीप ज्ञवालीलाई प्रश्नः एमाले नयाँ दलसँग अत्तालिएको हो?
+
-

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले युवा शक्तिलाई मुलुकमै रोक्न सरकारले अहम् भूमिका खेल्नुपर्ने सुझाव दिएका छन्। देश सञ्चारसँगको कुराकानीमा ज्ञवालीले देश बनिरहेको छ, बन्छ र बनाउनुपर्छ भनेर सरकारले विश्वास दिलाउनुपर्नेमा जोड दिएका छन्।

एमालेको संकल्प यात्राका क्रममा धनकुटाको लेगुवामा भएको पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमणलाई ज्ञवाली कमजोर राज्य, सरकार र विधिको शासन नहुनुको परिणम भएको बताउँछन्। यस्ता प्रकारका अराजक गतिविधि गर्नेलाई प्रोत्साहन बढाउनुभन्दा पनि घटाउनतर्फ लाग्नुपर्ने उनको तर्क छ।

एमालेले सम्पन्न गरेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको संकल्प यात्रा, राजनीति र शीर्षनेताप्रति नागरिकको वितृष्णा, सरकार र अन्य दलमा केन्द्रित भएर उपमहासचिव ज्ञवालीसँग देश सञ्चारका लागि गरिएको कुराकानीको सम्पादित अंशः

संकल्प यात्रापछि एमालेले युवा शक्ति पलायन भएको भन्दै चिन्ता व्यक्त गरेको छ, युवा शक्ति रोक्ने योजना र उपायतर्फ पनि सोचेको छ?

युवाहरुको तीव्र प्रवासन अथवा बसाइँसराइको पछि दुई वटा कारण छन्। रोजगारीको अवसर कम छ, केही गर्न चाहनेहरु पनि धेरै उत्साहित छैनन्, निरुत्साहित भइरहेको अवस्था छ।

देशमा भविष्य छैन, देश बन्दैन, बनाउन सकिँदैन वा बन्न दिँदैनन् भन्ने गलत सामाजिक मनोविज्ञानको विकास भइरहेको छ। त्यसले गर्दा युवाहरुमा देशमा किन बस्ने भन्ने मनोवैज्ञानिक कारणहरु पनि छन्। देश बनिरहेको छ, बन्छ, बनाउनुपर्छ भन्ने सरकारले विश्वास दिलाउनुपर्छ।

कृषिको व्यवसायीकरण, पर्यटन, उर्जाको विकास र खानी तथा खनिजजन्य चिजहरुमा सरकारले युवालाई प्रोत्साहन गर्नुपर्छ। उत्पादनको संरक्षण र बजार सुनिश्चित गरिदिने हो भने युवा टिक्दै जानेछन्।

अभियानको क्रममा अध्यक्ष केपी शर्मा ओलीमाथिको आक्रमण जनताको निराशाको परिमाण हो वा अन्य के कारण देख्नुहुन्छ?

निराशाको कुरा होइन, अराजकता हो। यस्ता कुरालाई कतैबाट पनि जस्टिफाइ गर्न सकिँदैन। राजनीतिक नेतृत्व वा अरु कसैमाथि पनि हुने भौतिक आक्रमण कदापी क्षम्य हुने छैन। त्यसलाई उचित भन्न सकिँदैन।

असन्तुष्टि छ भने कुरा राख्ने हो। कुरा राख्नकै निम्ति देशमा लोकतन्त्र छ। लोतकन्त्रको वैधानिक बाटो छाडेर हिंसा र अराजकताको बाटो जाने यो कुरा गलत हो र अहिले जे गरे पनि हुन्छ भन्ने भइरहेको छ। राज्य कमजोर हुनुको, सरकार कमजोर हुनुको र विधिको शासन नहुनुको परिणम हो।

यस्तो अराजक गतिविधि गर्नेलाई एक खालको प्रोत्साहनजस्तो अथवा मनोबल बढेको छ। ती मनोबल बढ्न दिनु हुँदैन। रातारात चमत्कार त कहीँ पनि हुँदैन तर भइरहेका कामहरुलाई सकरात्मक ढंगले हेर्नुपर्‍यो। अराजकतालाई सरकारले नियन्त्रण पनि गर्नुपर्छ। र जनतामा आशा र विश्वास जगाउने काम गर्नुपर्छ।

भौतिक आक्रमणमा उत्रिनु भनेको जनताले नेताका क्रियाकलाप सहनसक्ने तह पार गरेको परिमाण हो कि?

त्यस्तो त लाग्दैन मलाई। जो–जो पात्रहरु यसबीचमा देखिन्छन्, झिसमिसेमा उठेर दिनभरी गिट्टी कुटेर ५ सय रुपैयाँ अथवा दुई माना चामल कमाएर बस्ने त्यो तहसम्मका दुःख पाएका जनताहरु छन्।

उनीहरुले केही हुन्छ भनेर सकरात्मक ढंगले सोच्ने तर त्यो तहसम्मको समस्या नपरेको, अर्को कसैले हिंसामा उत्रिने कुरा यसको पछिको औचित्य खोज्नुभयो भने हामी गलत हुन्छौँ। हिंसा भनेको हिंसा नै हुन्छ। अपराध र अराजकतालाई त्यही रुपमा हेर्नुपर्छ। त्यसमा सरकारले पनि शान्ति शुरक्षाको प्रबन्ध गर्नुपर्ने हुन्छ।

देशमा सरकार छ, हामीलाई पीडा छ तर राख्ने ठाउँहरु छन्, यो देशमा सरकार छ, सुनुवाइ हुने ठाउँ छ, दुःख पोख्ने ठाउँ छ भनेर विश्वास चाहीँ दिलाउनुपर्छ।

एमाले नयाँ दलसँगै आत्तालिएर जनताको घरदैलोमा पुग्यो भन्ने टिप्पणी भएका छन्, त्यस्तो हो?

यो हाँस्यास्पद कुरा हो। हामी कसैसँग अत्तालिएका छैनौँ। हामी देशको समस्यासँग चिन्तित छौँ। देश बिग्रन थाल्यो। यो त एउटा यर्थात हो। यो त सबैले स्वीकार गर्नुहुन्छ।

देश बिग्रदै गरेको, विकासका सम्भावनाहरु हाम्रा हात बाट गुम्दै गरेको अवस्थाबाट चिन्तित भएर दायित्व वोध गरेको हो। कसैसँग हाम्रो प्रतिस्पर्धा पनि छैन। कसैसँग लक्षित पनि होइन यो। नेकपा एमाले नबुझ्नेहरुले नयाँ दलसँग आत्तिएर जनताको घरदैलोमा पुग्यो भनेर टिप्पणी भएको हो।

प्रतिपक्षमा बस्नुपर्दाको पीडाले एमालेले अभियान चलायो भन्नेहरुलाई के जवाफ दिनुहुन्छ?

७४/७५ वर्षको कम्युनिष्ट आन्दोलनको इतिहासमा हामी ३७ वर्ष त भूमिगत थियौँ। पार्टी प्रतिबन्धित अवस्थामा थियो। खुल्ला भएको जीवनमध्ये झन्डै २१ वर्ष प्रतिपक्षमा रहेर बिताएका छौँ।  नेकपा एमालेको निम्ति प्रतिपक्ष सामान्य कुरा हो। हामी प्रतिपक्ष हुनुको चिन्ताले होइन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?