पुस १३ गतेदेखि १० दिने बृहत् दोलखा महोत्सव हुने

पुस १३ गतेदेखि १० दिने बृहत् दोलखा महोत्सव हुने
+
-

काठमाडौँ – दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि १० दिने बृहत दोलखा महोत्सव हुने भएको छ।

दोलखा उद्योग वाणिज्य संघको आयोजनामा पुस १३ गतेदेखि २२ गतेसम्म दोलखा सदरमुकाम चरिकोटस्थित भीमेश्वर रंगशालामा १० दिने बृहत दोलखा महोत्सव हुन लागेको हो।

मंगलबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ। महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने जनाइएको छ।

पत्रकार सम्मेलनमा बोल्दै दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले महोत्सवमा १५० वटा स्टल राखिने जानकारी दिए। महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवर्द्धन गरिने उनले बताए।

स्टलहरुमा दोलखाका सबै स्थानीय तहहरु, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समूहहरु, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादनलगायत प्रदर्शनीमा राखिने पनि उनले बताए।

अंग्रेजी नयाँ वर्षको अघिल्लो दिन पर्यटकको स्वागतका लागि स्ट्रिट फुड फेस्टिभलको आयोजना पनि गरिने भएको छ। महोत्सवमा दोलखा जिल्लाका पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी पनि गरिने उनले जानकारी दिए।

महोत्सवमा कलाकारहरुको साँस्कृतिक प्रस्तुतिका साथै विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरु र विद्यालयस्तरीय प्रतियोगिताहरु पनि सञ्चालन हुने अध्यक्ष श्रेष्ठले बताए।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष