शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि कोशी प्रदेश सरकारद्वारा स्वीकृत

शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालन कार्यविधि कोशी प्रदेश सरकारद्वारा स्वीकृत
+
-

मोरङ – शैलजा आचार्य हृदय रोग उपचार केन्द्र सञ्चालनको तयारीका लागि कोशी प्रदेश सरकारले गति दिएको छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार सम्पन्न बैठकले केन्द्र सञ्चालन कार्यविधि २०८० लाई कोशी प्रदेश सरकारले स्वीकृत गरेको छ।

सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा योजनामन्त्री समसेर राईले स्वास्थ्य क्षेत्रका लागि सरकारले अघि बढाएको योजनालाई कार्यान्वयन गर्न तीव्रता दिएको बताए।

उनले विराटनगरस्थित संक्रामक रोग तथा सघन उपचार केन्द्र रहेको भवनलाई हृदय रोग उपचार केन्द्र बनाउने कार्यलाई निर्धारित समयमा स्थापना गर्ने गरी सरकारले गति दिएको बताए।

त्यसैगरी, बैठकले प्रदेश सञ्चारमाध्यम ब्यवस्थापन गर्न बनेको विधेयक २०८० लाई प्रदेश सभामा पेस गर्ने भएको प्रवक्ता राईले जानकारी दिए।
प्रवक्ता राईका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सञ्चारसम्बन्धी सो विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको हो।

बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रवक्ता राईले बताए।

यस्तै, प्रदेश सरकारको ०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रदेश सभामा पेस गर्ने निर्णय गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?