सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा प्रतिबन्ध लगाउँदै विराटनगर महानगर

सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा प्रतिबन्ध लगाउँदै विराटनगर महानगर
+
-

मोरङ – विराटनगर महानगरपालिकाले वैशाख १ गतेबाट सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा प्रतिबन्ध लगाउँदै आएको छ। महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा रोक लगाएसँगै साउन १ गतेबाट महानगरले यसको कारोबारको लागि नयाँ दर्ता र नवीकरण समेतमा ठप्प पारेको छ।

यद्यपि, यसको बिक्री–वितरण र सेवनमा कमी देखिएको छैन। यसबारे महानगरको नगर प्रहरीको टोलीले सुर्तीजन्य पदार्थ बिक्री–वितरणबारे अनुगमन गर्दै आएको छ।

महानगर प्रहरीले अनुगमनका क्रममा विभिन्न स्थानबाट बरामद गरिएको करिब ५९ किलोग्राम सुर्तीजन्य पदार्थ तथा गुट्खा नष्ट गरेको छ।

महानगर प्रमुख नागेश कोइरालाले सर्वसाधारणको स्वास्थ्यलाई ख्याल राख्दै महानगरले सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा रोक लगाउँदै आएको बताए।

चिकित्सक तथा स्वास्थ्य क्षेत्रले समेत यस्ता अखाद्य चीजको सेवनले सर्वसाधारणको ज्यान जोखिममा हुने जनाएको हँुदा महानगरले बजार अनुगमनलाई समेत घनीभूत बनाउँदै लगेको महानगर प्रमुख कोइरालाले बताए।

केही समयअघि बजारबाट बरामद गरिएका करिब ५३ किलोग्राम सुर्तीजन्य पदार्थ नष्ट गरिएको उनले जानकारी दिए।

उनले भने, ‘हामी नागरिकको स्वास्थ्यप्रति संवेदनशील छाँै। सुर्तीका खोलले बजारदेखि सबैतिर फोहर बढेको छ। त्यसैले यहाँ कारोबार रोक्ने मात्र नभएर हामीले दण्ड जरिवानासमेत गर्ने गरेका छाँै। केही दिनअघि महानगरले यस्तै कारोबार गरिरहेका एक व्यापारीलाई १० हजार रुपैयाँ जरिवाना गराएका छौँ।’

गुट्खा खाएर जथाभावी थुक्ने हुँदा त्यसले नगरको सडक, गल्ली नै फोहोर देखिने गरेको बताएका मेयर कोइरालाले भने, ‘हामी नागरिकको स्वास्थ्यसँगै नगरको सरसफाइमा समेत उत्तिकै जिम्मेवार छाँै। सुर्तीजन्य पदार्थको खोलले नगर कुरुप बनाउन लागेको छ, जथाभावी थुक्दा फोहोर देखिएको छ। यसबाट जोगिन महानगरमा सुर्तीजन्य पदार्थ बिक्री–वितरणदेखि सेवनमा रोक लगाएका हौँ। महानगरको यस अभियानमा सहयोग गर्न सबै महानगरवासीलाई आग्रह गर्दछु।’

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?