
काठमाडौं-ललितपुर ग्वार्कोमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ।
इपीएस कार्यालय ग्वार्कोमा आन्दोलनरत परीक्षार्थीले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन्। आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भएको छ।
इपीएसअन्तर्गत कोरिया जान सीप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीले म्यानुफ्याक्चरमा आफूहरूले पनि आवेदन दिन पाउनुपर्ने माग गर्दै परीक्षार्थी आन्दोलनमा छन्।
तस्बिरहरू: