
काठमाडौं- ललितपुरको बालकुमारीनजिकै मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्ने क्रममा प्रहरीको बल प्रहारबाट ज्यान गुमाएका सुजन राउतका आफन्तसँग कांग्रेस नेता तथा सांसद उदयशमशेर राणाले भेट गरेका छन्।
उनले शनिबार ललितपुरस्थित किस्ट अस्पताल पुगी घटनामा ज्यान गुमाएका राउतका मामालगायत आफन्तसँग भेट गरेका हुन्।
दैलेखबाट काठमाडौं आई इपिएस परीक्षामा सहभागी भई कोरिया जाने तयारीमा रहेका राउतको शुक्रबार प्रहरीको गोली लागेर उपचारका क्रममा किस्ट अस्पतालमा ज्यान गुमेको थियो।
यस क्षेत्रका सांसद समेत रहेका कांग्रेस नेता उदयशमशेर राणाले शनिबार किस्ट अस्पतालमै पुगेर घटनामा ज्यान गुमाउने राउतका मामा टेकबहादुर कटवालसहितका आफन्तसँग भेट गरेका हुन्।
नेता राणाले घटनाको उचित छानबिन र क्षतिपूर्तिका लागि प्रधानमन्त्री पुष्पकमल दाहालसहित सम्बन्धित निकाय र प्रहरी प्रशासनसँग पनि यसबारे पहल गर्ने प्रतिबद्धता पनि आफन्तसँग गरेका छन्।