
काठमाडौं- बालकुमारी घटनाकाे विराेध गर्ने युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।
युवाहरूले शनिबार बिहान निषेधित क्षेत्र माइतीघर मण्डलामा विराेध प्रदर्शन गरेकाे भन्दै सातजना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
शाेम शर्मा र हेम थापालगायतका युवाहरूले प्रदर्शन गरेका थिए।
बिहीबार ललितपुरको बालकुमारीमा इपिएस परीक्षा दिन पाउनुपर्ने मागसहित केही विद्यार्थीहरूले आन्दोलन गरेका थिए। आन्दोलनका क्रममा दुई जना युवाको ज्यान गएको थियो।
परीक्षा दिन पाउनुपर्ने माग राखी आन्दोलनमा उत्रिएका युवाहरूमाथि प्रहरीको गोली र लाठीचार्ज हुँदा दुई युवकको ज्यान गएपछि यतिबेला सरकारको चर्को आलोचना भइरहेको छ।
तस्बिरहरू: