काठमाडाैँ – गुरुङ समुदायले हर्षोल्लासका साथ आइतबार तमु ल्होसार मनाएका छन्।
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाइएको हो। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो।
यसैबीच काठमाडौँ उपत्यकामा रहेका गुरुङ समुदायले पनि धुमधामका साथ तमु ल्होसार मनाएका छन्। उनीहरुले टुँडिखेलमा भेला भएर तमु ल्होसार मनाएका हुन्।


भर्खरै
लोकप्रिय






































































































































































































