आरती साहलाई न्याय माग्दै मानव अधिकार आयाेग अगाडि प्रदर्शन, ६ जना पक्राउ (तस्बिरसहित)

आरती साहलाई न्याय माग्दै मानव अधिकार आयाेग अगाडि प्रदर्शन, ६ जना पक्राउ (तस्बिरसहित)
+
-

काठमाडौं- आरती साहलाई न्याय माग्दै साहकाे परिवार र समर्थकहरूले मानव अधिकार आयाेग अगाडि प्रदर्शन गरेका छन्।

२०१ दिनदेखि साहकाे परिवारले न्याय माग्दै आइरहेकाे छ। आजसम्म पीडित परिवारले न्याय पाउन सकेकाे छैन। न्याय नपाएकाे भन्दै मंगलबार बिहान साहकाे परिवार र समर्थकले मानव अधिकार आयाेग अगाडि विराेध प्रदर्शन गरेकाे हाे।

उनीहरूले मानव अधिकार आयोगका मधेस प्रदेश प्रमुख मञ्जु खतिवडाले अनुगमन गलत बनाएर पठाएको भनेर पहिला आयोगलाई जानकारी गराए पनि आयोगले त्यसलाई वेवास्ता गरेको भन्दै न्याय मानव अधिकारको रक्षासहित माग राखी प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

माइतीघर मण्डलालाई निषेधित क्षेत्र घाेषणा परेपछि साहकाे परिवारले शान्तिवाटिकामा शान्तिपूर्ण धर्ना दिँदै आएकाे थियाे।

जनकपुरकी २२ वर्षीया दुई महिने गर्भवती साहको दाइजोको निहुँमा हत्या भएको भन्दै आरतीको परिवार धर्नामा बस्दै आएको छ।

धनुषाको मिथिला बिहारी नगरपालिका-३ मिथिलेशवर मौवाही घर भई जनकपुरधाम-९ थापा चोकमा रहँदै आएकी साहको दाइजोका कारण उनको हत्या गरिएको माइतीपक्षको आरोप छ।

साहको शव उनी सुत्ने कोठामा पासो लगाई झुण्डिएको अवस्थामा गत जेठ ७ गते भेटिएको थियो।

साहको माइती पक्षले प्रहरीले पैसाको लेनदेन गरी मुद्दा कमजोर पारेको आरोप लगाएको छ।

तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष