काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो कुनै संलग्नता नभएको कारण पदबाट राजीनामा नदिने बताएका छन्। देश सञ्चारसँगको कुराकानीमा मन्त्री ज्वालाले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको प्रष्टीकरण दिएका हुन्।
मन्त्री ज्वालाले बालकुमारीमा आन्दोलन भइरहकै स्थानको सडक प्रयोग गरेका कारण नै कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस)परीक्षा दिन नपाएका युवाले गरेको प्रदर्शनस्थलमा आगजनी र झडपको स्थिति सिर्जना हुँदा दुई युवाले ज्यान गुमाउनु परेको नागरिक तहमा टिप्पणी भएका छन्।
मन्त्री ज्वालाको गाडीमा आगजनी र प्रर्दशनका क्रममा दुई युवाको ज्यान गएको भन्दै घटनापछि आक्रोशित नागरिकले मन्त्री ज्वालाको राजीनामा माग्दै प्रर्दशनमा उत्रिएका थिए। यद्यपि, मन्त्री ज्वालाले भने आफ्नो कारण उक्त घटना नघटेको तथा आफू निर्दोष भएको भन्दै राजीनामा नदिने बताएका छन्।
घटनाको सत्य तथ्य वा वास्तविकमा अनुसन्धानपछि मात्रै प्रष्ट हुने उनको भनाइ छ। आफूसँग भएका पिएसओले सूचना नपाउँदा र सडकमा प्रर्दशन भएको छ भन्ने थाहा नपाएकै कारण उक्त रुट प्रयोग गरेको मन्त्री ज्वालाको प्रष्टीकरण छ।
कोरिया जानका लागि ईपीएस परीक्षा दिन नपाएका युवाले गरेको प्रदर्शनस्थलमा मन्त्री ज्वालाको गाडी पुगेपछि भएको आगजनी र सुरक्षाकर्मीद्वारा गोली प्रहारसम्मको अवस्था आउँदा दैलेखका २३ वर्षका सुजन राउत र अछामका २२ वर्षका वीरेन्द्र शाहको ज्यान गएको थियो।
गत शुक्रबार (पुस १३ गते) को घटनापछि सरकारले छानबिन आयोग बनाएको छ भने संसदीय समितिमा पनि छलफल भएको छ। बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न भन्दै सरकारले आयोग गठन गरेको हो। सरकारले मृतकका परिवारलाई १०/१० आर्थिक सहयोग गर्ने पनि भनेको छ।
प्रस्तुत छ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको नजरमा बालकुमारी घटना र उठेका नैतिक प्रश्नबारे मन्त्री ज्वालासँग देश सञ्चारले गरेको कुराकानीः