एक वर्षपछि कोर्टमा फर्किए नाडाल

एक वर्षपछि कोर्टमा फर्किए नाडाल
+
-

स्पेनका टेनिस स्टार राफेल नाडाल करिब एक वर्षपछि कोर्टमा फर्किएका छन्।

ब्रिसबेन इन्टनेशनल अन्तरगत भएको खेलमा उनले डोमिनिक थिमलाई पराजित गर्दै उनले सुखद पुनरागमन गरेका हुन्।नाडाल ३ सय ४९ दिन पछि पुरुष सिंगल खेलमा फर्किए। जहाँ उनले ७-५ र ७-६ ले खेल आफ्नो पक्षमा पार्न सफल भए।

२२ पटकका ग्रान्डस्लाम विजेता नाडाल पछिल्ला वर्षहरुमा लगातार चोटसँग संघर्षका बाबजुत कोर्टमा फर्किन प्रयास गरिरहेका छन्। गत वर्ष नाडाल अस्ट्रेलियन ओपनको दोस्रो चरणको खेलपछि कोर्टमा फर्किन सकेका थिएनन्।

३७ वर्षीय नाडालले कोर्टमा फर्किन पाउँदा आफू निकै भावुक भएको बताए। उनले भने ‘मेरो टेनिस करियरको सबैभन्दा कठिन वर्ष मैले गुजारेको छु। आज कोर्टमा फर्किंदै गर्दा म निकै भावनात्मक बनेको छु, यो मेरो लागि निकै महत्वपूर्ण दिन हो’, उनले थपे ‘एक वर्ष पछि कोर्टको यो भरिभराउ भिड अगाडि खेल्न र सकरात्मक उर्जा पाउँदा नयाँ जीवन सुरु भएको आभाष गरेको छु।’

वाइल्डकार्ड मार्फत् नाडालले मेलबर्नमा जनवरी १४ बाट सुरु हुने अस्ट्रेलियन ओपनको तयारीका लागि यो खेलमा भाग लिएका हुन्। उनले बिहीबार अन्तिम १६ मा अस्ट्रेलियाका १०२ औं वरियताका जेसन कुब्लरसँग प्रतिस्पर्धा गर्ने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?